सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • तत्काल ट्याक्सी भाडा बढाउन सरकारसँग व्यवासयाीकाे माग

तत्काल ट्याक्सी भाडा बढाउन सरकारसँग व्यवासयाीकाे माग

3315
Shares
तत्काल ट्याक्सी भाडा बढाउन सरकारसँग व्यवासयाीकाे माग

काठमाण्डाै – ट्याक्सी व्यवसायीहरुले तत्काल टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले तत्काल टयाक्सी भाडा वृद्धि गर्न माग गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाललाई मंगलबार ज्ञापन पत्र बुझाएका हुन ।

मिनभवनस्थित विभागको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा बजार भाउलाई मुल्यांकन गरेर टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरिएको छ । यता, विभागमा महानिर्देशक दाहालले भने एक हप्ताभित्र टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफूले प्राविधिक समिति नै गठन गर्ने पनि बताउनुभयो । सरोकारवाला निकायसँग छलफल गरेर टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफू लागि पर्ने महानिर्देशक दाहालको भनाइ छ ।

टयाक्सी व्यवसायीहरुले बजारमा सबै बस्तुको मूल्य बढदा पनि टयाक्सीको भाडादर वृद्धि नहुँदा आफूहरु मारमा परेको गुनासो गर्दै आएका छन । उनीहरुले टयाक्सी पार्किङको उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छ्न् ।

3315
Shares

ट्रेन्डिङ