सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मलेसियाको कलिङ भिसा पाएका १९ जनालाई श्रम स्वीकृति

मलेसियाको कलिङ भिसा पाएका १९ जनालाई श्रम स्वीकृति

4285
Shares
मलेसियाको कलिङ भिसा पाएका १९ जनालाई श्रम स्वीकृति

काठमाण्डौ – मलेसियाबाट कलिङ भिसा पाएका १९ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । कलिङ भिसा पाइसकेको र वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस पत्रसहित आएका १९ जनालाई अन्तिम श्रम स्वीकृति दिइएको श्रम कार्यालय ताहाचलले जनाएको छ ।

कार्यालयका अनुसार हिजो सोमबार २ जना र आज मंगलबार १७ जनालाई श्रम स्वीकृति दिइएको हो । पहिलो चरणमा कलिङ भिसा पाएकाहरुलाई चैत १८ गतेदेखि अन्तिम श्रम स्वीकृति खुल्ला गरिएको थियो ।

तथ्याङ्कअनुसार सात हजार भन्दा धेरै कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् ।गएको जेठ २ गतेदेखि बन्द मलेसियाको रोजगारी कलिङ भिसा पाएकालाई श्रम स्वीकृति दिन थालेपछि आंशिक रुपमा खुलेको छ ।

तर नयाँ जान चाहनेलाई भने अझै समय लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ । कामदार पठाउने विषयमा नेपाल र मलेसियाबीच गएको कात्तिक १२ गते श्रम समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

4285
Shares

ट्रेन्डिङ