सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव सर्यो, जेठमा हुने

तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव सर्यो, जेठमा हुने

4670
Shares
तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव सर्यो, जेठमा हुने

काठमाडौं, २५ वैशाख: यहि बैशाख २६ र २७ गतेका लागि तय गरिएको ‘तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ एक महिना पछाडीका लागि सारिएको छ । आन्तरिक तयारीका लागि समय अपर्याप्तता र अझै बृहत ढंगले गर्ने गरी यो महोत्सव आगामी जेठ २९ र ३० (जून १२ र १३) गते राष्ट्रिय सभा गृहको हलमा हुने गरी सारिएको आयोजक समितिले मंगलबार बेलुका प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

प्रेस विज्ञप्तिमा जनाए अनुसार महोत्सवलाई थप स्पष्ट पार्ने गरी नाममा पनि केहि संशोधन गरिएको छ । ‘यो महोत्सव विधागत रुपमा भिन्न भएको स्पष्ट पार्दै ‘तामाङ अन्तराष्ट्रिय इन्डीपीन्डेन्ट चलचित्र महोत्सव–२०१९’   (Tamang International Independent Film Festival TIIFF 2019) का रुपमा राष्ट्रिय सभागृहको हलमा गर्ने जानकारी गराउंदछौं ।’–विज्ञप्तिमा उल्लेख छ ।

तामाङ समुदायमा सरोकार राख्ने विभिन्न संघसस्थासंग छलफल तथा संवाद भईरहेको जानकारी दिदै यसबाट महोत्सवलाई अझ वृहत ढंगले सम्पन्न गर्न उर्जा मिलेको आयोजकले बताएको छ । महोत्सवप्रति चासो व्यक्त गर्दै नेपाल तामाङ घेदुङ, तामाङ चलचित्र संघ लगायत विभिन्न संघसंस्थाहरु पनि आ¬–आफ्नो तवरबाट सहयोग गर्न सकारात्मक रहेकोमा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आयोजकले सम्पुर्ण तामाड समुदायको यस्तै सद्भावपूर्ण सहयोग रहने अपेक्षा समेत राखेको अध्यक्ष विगेन्द्र वाईबाले बताउनुभयो । महोत्सव तामाङ सौन्दर्य, जीवनशैली र ज्ञान परम्परा झल्किने एवं तामाङ समुदायस“ग प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुमाथि बनेका तामाङ फिल्म, डकुमेन्ट्री र छोटो फिल्म समेट्दै प्रत्यक्ष रुपमा तामाङ भ्वाइस,सेलो फाउण्डेशन र एससीआरसीले मिलेर गर्न लागेका हुन् ।

4670
Shares

ट्रेन्डिङ