सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नाम मात्रैको ढुङ्गेधारा (फोटो फिचर)

नाम मात्रैको ढुङ्गेधारा (फोटो फिचर)

7520
Shares
नाम मात्रैको ढुङ्गेधारा (फोटो फिचर)

 

 

काठमाण्डौ उपत्यकाका ढुङ्गेधारालाई मल्लकालीन सभ्यताको प्रतीक मानिन्छ ।

केही वर्षअघिसम्म यहाँका धेरै ढुङ्गेधारामा पानी बग्थ्यो । तर अहिले पानी बग्ने ढुङ्गेधारा औँलामा गन्न सकिने मात्रै छन् ।

 

पहिले ढुङ्गेधारा भएका कतिपय ठाउँमा अहिले गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने ठाउँमा परिणत भएका छन् । काठमाण्डौ क्षेत्रका एक/दुई ठाउँबाहेक धेरै ढुङ्गेधारा हराइसकेका छन् ।

 

केही ठाउँमा ढुङ्गेधारा संरक्षणको काम पनि भइरहेको छ ।

 

भक्तपुरमा यस्तै प्रयास थालिएको छ । पाटनमा रहेका ढुङ्गेधारामध्ये केही संरक्षण भइरहेपनि धेरै ढुङ्गेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् ।

 

 

ललितपुरको दक्षिण टीकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुङ्गेधाराहरु सुक्न थालेका छन् ।

 

बढ्दो सहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिनमुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुङ्गेधारा सुकेको स्थानीय बताउँछन् । वर्षायाममा मात्रै पानी झर्ने यी ढुङ्गेधाराहरु पानी बग्ने ठाउँ नपाउँदा पनि कुरुप बन्दै गएका छन् ।

 

7520
Shares

ट्रेन्डिङ