सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सरकारले दियो लैनो भैंसी उपहार र ३० हजार नगर

सरकारले दियो लैनो भैंसी उपहार र ३० हजार नगर

5430
Shares
सरकारले दियो लैनो भैंसी उपहार र ३० हजार नगर

९ असार , सप्तरी / मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई प्रदेश सरकारले उन्नत जातका भैसी वितरण गरेको छ । २०६२ सालदेखी भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पु¥याउने उद्देश्यले प्रदेश २ सरकारकारले ल्याएको योजना अनुरुप आइतबार सप्तरीबाट १८ जना सहिद परिवार तथा १६ जना घाइते परिवारलाई नगद ३० हजारसहित एक÷एक थान उन्नत जातका भैसी प्रदान गरिएको हो ।

सप्तरीको राजविराज नगरपालिका ९ मलेठबाट सुरु गरिएको यो कार्यक्रम प्रदेशका सबै ८ वटै जिल्लामा लागु हुने भैसी बितरण कार्यक्रमको शुभारम्भ गरेका प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । २०६२ सालदेखी सुरु भएको मधेश आन्दोलनका क्रममा प्रदेश २ मा प्रहरीको गोली लागेर ५८ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । दैनिक १० देखी १२ लिटरसम्म दुध दिने उक्त उन्नत जातका भैसीको रेखदेख, गोठ निर्माण, औषधी र आहाराका लागि नगद ३० हजार समेत प्रदान गरिएको मन्त्रालयका सचिव बिजयकान्त झाले जानकारी दिए ।

मन्त्रालयले भैसी लिन चाहने इच्छुक सहिद र घाइते परिवारलाई लक्षित गरी आवेदन माँग गरेको थियो । प्राप्त आवेदनको छानबिनपछि सम्बन्धीत व्यक्तिलाई भैसी प्रदान गर्न लागिएको सचिव झाले जानकारी दिए । सो अवसरमा मन्त्री साहले एक सहिद परिवार, एक रोजगार कार्यक्रम अन्तरगत सहिद परिवारलाई रोजागरी दिइने काम यस अघि नै सकिएको तथा अब प्रदेश सरकारबाट दिन सकिने थप सेवा सुविधा दिन लागिएको बताए ।“सहिद तथा घाइते परिवारको आयश्रोत बढाउन तथा उनीहरुका सन्तानलाई शिक्षामा पहुँच बढाउन विशेष छात्रबृत्ति योजना पनि केही दिनपछि नै कार्यान्वयन मा आउँदैछ, मन्त्री साहले भने, “सहिदको त्याग र बलिदानबाट बनेको सरकारले सहिद परिवारको समुचित व्यवस्थापनका लागि कुनै कसर बाँकी राख्दैन ।”

5430
Shares

ट्रेन्डिङ