सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विप्लवका राप्ती ब्युरो सदस्यसहित ४ कार्यकर्ता पक्राउ

विप्लवका राप्ती ब्युरो सदस्यसहित ४ कार्यकर्ता पक्राउ

4625
Shares
विप्लवका राप्ती ब्युरो सदस्यसहित ४ कार्यकर्ता पक्राउ

असार १० ,रुकुम; नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् ।त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्गठनका जिल्ला उपाध्यक्ष विवेक बिक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । प्रहरी टोली पुग्दा उनीहरुले शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका र सोधपुछ गर्दा प्रहरी टोली माथि नै हातपात गरी अभद्र व्यवहार देखाएपछि पक्राउ गरिएको उनले बताए ।

हत्याका अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाको अभियोग लागी फरार एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्मा घर भई मुसीकोट नगरपालिका–४ चाँपामा कोठा लिएर बस्दै आएका २४ वर्षीय वृषबहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बस्याल गत वर्षको माघ ६ गते मुसीकोट नगरपालिका–५ शेरिगाउँ बस्ने प्रकाश नेपालीलाई कुटपिट गरी उनको हत्या गरेर फरार भएको प्रहरीको भनाइ छ । लामो समय भारतमा लुकी बसेका बस्याल केही सयमदेखि मुसीकोट–४ चाँपामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।बस्याललाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । पक्राउ गर्ने बित्तिकै जिल्ला अदालतसमक्ष पेश गरिएको र अदालतले बस्याललाई पुर्पक्षका लागि कारागार चलान गरेको उनले बताए ।

 

–रातोपाटीबाट

4625
Shares

ट्रेन्डिङ