सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालावन्दी

विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालावन्दी

5080
Shares
विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालावन्दी

काभ्रे / साउन / २६ / काभ्रेको सदरमुकाममा रहेकोे काठमाडौं विश्वविद्यालयको प्राध्यापक संघले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालावन्दी गरेका छन् ।
आइतबार दिउसो विश्वविद्यालयका प्राध्यापक संघले तालाबन्दि गरेको छ ।

नेपालको ससंविधान र विश्वविद्यालय ऐनले निर्देशनको पालना नगरेको र सर्बपक्षीय सहभागिताबिनै कार्यसम्पादन भइरहेको भन्दै प्राध्यापक संघले आज तालाबन्दी गरेका छन ।

विश्वविद्यालयमा प्राज्ञिक व्यवस्था कायम गर्न बेवास्था गरेको , सार्वजनिक सम्पत्तिलाई व्यक्तिको जस्तो गरी कार्य गर्ने, सुधार गर्ने मौका हुँदा पनि सुध्रिने स्थिति नदेखिएको भन्दै प्राध्यापकहरुले उपकुलपति र रजिष्ट्रार बहिर्गमन हुनुपर्ने मागसमेत गरेका छन ।

प्राध्यापकहरुले विश्वविद्यालयमा हुने नीतिगत तथा आर्थिक भ्रष्टाचारको विषय उठाउँदा कारबाही नगरिएको, विश्वविद्यालयमा भएका अनियमितताबारे समाचार सम्प्रेषण हुँदासमेत आधिकारिक धारणा नआएको विषयसमेत उठाएका छन ।

5080
Shares

ट्रेन्डिङ