सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिक्रम र मेलिनाकाे टिलपिल टिलपिल तारा(भिडियो सहित)

बिक्रम र मेलिनाकाे टिलपिल टिलपिल तारा(भिडियो सहित)

6850
Shares

देश तथा विदेशका स्टेज कार्यक्रम तथा कन्सर्टहरुमा ब्यस्त रहने प्रतिभाशाली कलाकार बिक्रम शाह बाह्र वर्षपछि ‘टिलपिल टिलपिल तारा’ लिएर आएका छन् । शाह र चर्चित गायिका मेलिना राईको सुमधुर स्वरले सजिएको ‘टिलपिल टिलपिल तारा’ निकै नै उत्कृष्ट रहेको छ ।

यस अघि पनि थुप्रै गीत तथम एल्वम बजारमा ल्याइसकेका बहुप्रतिभाशाली कलाकारको रुपमा आफुलाई कलाक्षेत्रमा परिचित गराउन सफल कलाकार, गायक बिक्रम शाहले बाह्र वर्ष पछि टिलपिल टिलपिल तारा लिएर पुनः गायनमा पुनरागमन गरेका हुन् । उनको पछिल्लो प्रस्तुति ’टिलपिल टिलपिल तारा’ मा शाहलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएका छन् भने उनको गीतमा अहिलेका जल्दाबल्दा मोडल तथा नायिका सुपुष्पा भट्टले आकर्षक अभिनय रहेको छ ।

विक्रमजंग शाह र मेलिना राईको सुमधुर स्वरमा सजिएको ‘टिलपिल टिलपिल तारा’ को भिडियो हालै सार्वजनिक भएको हो । यु ट्युवमा गीत सार्वजनिक भएसँगै चर्चाको शिखरमा पुन सफल भएको छ । गितमा सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको छ । यस गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनले समेत ज्वलन्त अभिनय गरेका छन् ।

भिडियोको संगीता श्रेष्ठले निर्देशन गरेका छन् भने रोहन असिबको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ । युवा किशोर किशोरीको माया प्रेमलाई सहज ढंगले गितमा उतारेका शाहको गीत मर्मस्पर्शी रहेको छ । आम दर्शक श्रोताको मनलाई छुने गरि तयार गीतको भिडियो झनै आकर्षक बनेको छ । लामो समयपछि गायनमा कमब्याक भएका शाह गितले आम नेपाली लोक पारखीहरुको मन जित्नेमा ढुक्क देखिन्छन् । आम लोक पारखीहरुलाई उत्कृष्ट खुराक टिलपिल टिलपिल तारा छोटो समय मै चर्रित भैसकेको छ ।

लोक गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाइसकेका शाह कलाक्षेत्रमा लामो समयदेखि सक्रिय छन् । चलिचत्र निर्माण समेत गरिसकेका उनी लोक गीतको उत्थानको लागि सक्रिय नाम हुन् । उनको लामो समय पछि नयाँ स्वादको गीत सार्वजनिक गरेका शाह यस गीतले नेपाली लोक गीत क्षेत्रमा फरक स्वाद दिने बताउछन् । प्राय विदेशका कार्यक्रमहरुमा व्यस्त कलाकार शाह आफू कलाकारितामा सक्रिय रहे पनि बाह्र वर्षपछि गायनमा फर्कदा आफू धेरै उत्साहित भएको बताउँछन् ।

 

भिडियो सहित,

 

6850
Shares

ट्रेन्डिङ