सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिद्धबाबालाई थुनामा राख्न अदालतको आदेश

सिद्धबाबालाई थुनामा राख्न अदालतको आदेश

3115
Shares
सिद्धबाबालाई थुनामा राख्न अदालतको आदेश

१६ मंसिर, बिराटनगर : आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, सुनसरीले गिरीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ ।

प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबारै अनुमति प्राप्त गरे पनि आइतबार मात्रै गिरीसम्म प्रहरी पुगेको थियो । तर, विरामी भन्दै आईसीयूमा भर्ना भएपछि प्रहरी खाली हात फर्किएको थियो । सोमबार बिहानै ४ बजे उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

3115
Shares

ट्रेन्डिङ