सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पन्ध्र वर्षपछि हत्यारा पक्राउ

पन्ध्र वर्षपछि हत्यारा पक्राउ

3020
Shares
पन्ध्र वर्षपछि हत्यारा पक्राउ

काठमाडौं, मंसिर २९ , नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वि.स. २०६१ साल बैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिए ।

“एक आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, उनले भने ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको ब्यूरोले जनाएको छ ।

3020
Shares

ट्रेन्डिङ