सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • धुलिखेलको मतगणना स्थलमा नाराबाजी

धुलिखेलको मतगणना स्थलमा नाराबाजी

11710
Shares
धुलिखेलको मतगणना स्थलमा नाराबाजी

धुलिखेलको मतगणना स्थलमा नाराबाजी सुरू भएको छ ।

मुख्य निर्वाचन अधिकृत विरूद्ध मेयर पदका उम्मेद्ववार विदुर बस्नेतका सर्मथकहरू हुटिङ सहित नाराबाजी गरिरहेका छन । विवादका कारण अहिले मतगणना स्थल शैक्षिक तालिम केन्द्र आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

वडा नम्बर १ देखि ८ सम्म लागु हुँदै आएको नियम वडा नम्बर ९ को मतगणना गर्नु पूर्व एमाले नमान्ने अडान राखेपछि अहिले मतगणना रोकिएको छ ।

वडा नम्बर ८ को अन्तिम मत परिणाम अनुसार जेब्राले एमालेका मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जु श्रेष्ठसंग मतान्तर घटाएको छ । उपप्रमुखमा पनि गठबन्धनका उम्मेद्ववार निराजन जंगम एमाले उम्मेद्ववार लालतारा अधिकारीभन्दा अघि बढ्नु भएको छ ।

11710
Shares

ट्रेन्डिङ