सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाली नर्सको पीडा, तलव ४ हजारदेखि ८ हजारसम्म

नेपाली नर्सको पीडा, तलव ४ हजारदेखि ८ हजारसम्म

2900
Shares
नेपाली नर्सको पीडा, तलव ४ हजारदेखि ८ हजारसम्म

सिता शर्मा राप्ति उपक्षेत्रीय अस्पताल घोराहीमा काम गर्छिन् । उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी भयो । उनी बेलुका ४ बजे अस्पताल पुग्छिन् । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् ।
राति १० बजे ड्युटी सकिन्छ। घर फर्कदा न उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ । यो समस्या सिताको मात्र होइन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो ।
यो समस्या सिताको मात्र होइन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो । नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन् । उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ । समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ।   समाचारपत्र दैनिकमा खबर छ ।

2900
Shares

ट्रेन्डिङ