सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेको बेथानचोक जंगलमा निष्टको टिसर्टसहितको कंकाल भेटियो

काभ्रेको बेथानचोक जंगलमा निष्टको टिसर्टसहितको कंकाल भेटियो

3920
Shares
काभ्रेको बेथानचोक जंगलमा निष्टको टिसर्टसहितको कंकाल भेटियो

काभ्रे , पुस, ९ ,    काभ्रे बेथानचेक गाउँपालिका वडा नं. ३ स्थित जंगलमा एउटा मानवकंकाल फेला परेको छ । बनेपा निष्ट कलेजको टिसर्टमा रहेको उक्त कंकाल प्रहरीले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

अन्दाजी २२–२५ वर्षिय व्यक्तिको लास आज (बुधबार) दिउसो स्थानियले देखे पछि प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृतकको लास जङ्गलमा फालिएको अवस्थामा घास काट्न गएका स्थानीयले देखेपछि घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

जङ्गलमा घास काट्न गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

3920
Shares

ट्रेन्डिङ