सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सोलुखुम्बुमा चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

सोलुखुम्बुमा चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

3275
Shares
सोलुखुम्बुमा चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

सोलुखुम्बु : सोलुखुम्बु प्रहरीले मानिसको हड्डीसहित ३ जनालाई पक्राउ परेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका-५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका ८ का टेकमान राई र मोलुङ गाउँपालिका १ ओखलढुङ्गाका लाङिमा शेर्पा रहेका छन् ।पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

3275
Shares

ट्रेन्डिङ