सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • पहिरोले पुरिएर दुई जनाको मृत्यु

पहिरोले पुरिएर दुई जनाको मृत्यु

5410
Shares
पहिरोले पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ : उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–६ रायखोरमा गएराति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीकाअनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माकाअनुसार मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ नै पुरिएको हो। गोठमा सुतिरहेका उनीहरु अचानक गोठ माथिबाट पहिरो आएपछि बाहिर निस्कन नसक्दो पहिरोले पुरिएका हुन्।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र रोशनीलाई मृत फेला पारेका प्रहरी निरीक्षक शर्माले बताए। पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा रहेका अन्नपात, भाडाबर्तनलगायत सबै नष्ट भएको छ। पशु चौपायको भने क्षति भएको छैन्।

थप उद्दार र अनुसन्धानका लागि अहिले बिहान प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ। म्याग्दीमा विगत तीन दिनदेखि रातमा भीषण वर्षा भएको छ। खहरे खोलाहरु उर्लिएका छन् भने म्याग्दी र कालीगण्डकी नदीको सतह पनि बढेको छ।

5410
Shares

ट्रेन्डिङ