सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सडकमा हिडेका बटुवालाई पर्चा

सडकमा हिडेका बटुवालाई पर्चा

7300
Shares
सडकमा हिडेका बटुवालाई पर्चा
  • सुनिल श्रेष्ठ

बिरगंज,जेष्ठ ३२ / बिरगंज आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीले कोरोनाबाट कसरी जोगिन सकिन्छ र कोभिड-१९ को संक्रमित क्षेत्र बाट आफ्नो समुदायमा फर्कदै गरेका ब्यक्तिलाई घरमै क्वारेन्टाइन गर्ने बाहेक कुनै विकल्प नहुन सक्छ ।

सो कुरा लाई मध्यनजर गरि तपाईको परिवार र तपाईको समुदाय लाई १४ दिनको क्वारेन्टाइन अवधी भर सुरक्षित राख्न बनाएको हो भन्दै घरमा सेल्फ क्वारेन्टाइन गर्दा तपाईको परिवारलाई खतरा हुन सक्छ खतरा मुक्त परिवार बनाउन हामी सबै जागरुक भैइ आफ्नो सुरक्षा आफै गरौ अफु पनि बचौउ र अरुलाई पनि बचाउ ।

घरलाई क्वारेन्टाइन नबनाउ आफैलाई खतरा हुन सक्छ कुनै बिकल्प नरहेको खण्डमा मात्र घरमा सेल्फ क्वारेन्टाइन रोज्नु होला या नजिक रहेको सरकारी क्वारेन्टाइन केन्द्र प्रयोगमा ल्याउनु पर्ने भन्दै ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीले विभिन्न अङ्कित भएका पर्चा बजार सडकमा हिडेका बटुवा पसले लाई जनचेतनाको लागि बाडिएको थियोे ।

सो कार्यक्रम ग्रीनसिटी सामुदायिक सेवा केन्द्र का अध्यक्ष जय प्रकाश खेतान सभापतित्वमा सम्पन्न भएको थियोे भने प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले सडकमा हिडेका बटुवालाई पर्चा बाडेर कार्यक्रम सन्चालन गरेको थियोे सो कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सुर्यनारायण चौधरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक कमल नेपाली सामुदायिक सेवा केन्द्रका पदाधिकारी सामुदायिक प्रहरी लगायतको सहभागीता रहेको थियो।

7300
Shares

ट्रेन्डिङ