सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अझै भेटिएनन् धादिङ पहिरोमा पुरिएका काभ्रेका आकाश र राजु

अझै भेटिएनन् धादिङ पहिरोमा पुरिएका काभ्रेका आकाश र राजु

5455
Shares
अझै भेटिएनन् धादिङ पहिरोमा पुरिएका काभ्रेका आकाश र राजु

 

धादिङमा पहिरोमा पुरी बे प त्ता भएका तीन जनाको खोजतलास गर्न थप जनशक्ति परिचालन भएको छ।

बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली गाउँपालिका-१ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न थप जनशक्ति परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्र ह री नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

शुक्रबार पनि बिहानै देखि बे प त्ता भएकाहरूको खोजी गरिएको उनले बताए। ‘आज बिहान ९ बजेदेखि खोजी कार्य सुरू भएको छ। अझै पनि बेपत्ताहरूको अवस्था अज्ञात छ,’ उनले भने।

काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बे प त्ता छन्।

उनीहरूले सडकको ट्र्याक खनिरहेको अवस्थामा पहिरो खसेको हो। नेपाली सेना, सशस्त्र प्र ह री र नेपाल प्र ह रीका जम्मा ३६ जना मिलेर खोजी गर्ने काम भइरहेको उनले बताए।

घ ट ना भएपछि नजिकैको प्रहरी चौकीबाट चार घण्टा हिँडेर केही प्र ह रीको टोली घ ट नास्थल पुगेको थियो। त्यसपछि जिल्लाबाट सशस्त्र प्र ह री र नेपाल प्रह री को प्र ह री निरीक्षकको कमाण्डमा टोली हेलिकप्टरमार्फत् पुगेको थियो।

अर्को दुई पटक गरी हेलिकप्टरबाटै सेनाको टोली खटिएको प्र ह री नायब उपरीक्षक भण्डारीले बताए। ‘आआफ्नो स्तरको सामानहरू कुटो-कोदालो, सेनाले आफ्नै सामानहरू बोकेको छ। मेसिनहरू लग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यो ठाउँमा गाडी पनि जाँदैन।

नजिकैको चौकीबाटै हिँडेर चार घण्टा लाग्छ। सदरमुकाम देखि त धेरै टाढा छ त्यसैले सबै हेलिकप्टरबाट गएका हुन्।’ यस्तै बे प त्ताका परिवार पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

 

5455
Shares

ट्रेन्डिङ