सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कोरोना बिपद कोषमा आज एकै दिन २७ लाख सहयोग

कोरोना बिपद कोषमा आज एकै दिन २७ लाख सहयोग

5180
Shares
कोरोना बिपद कोषमा आज एकै दिन २७ लाख सहयोग
  • सुनिल श्रेष्ठ

बिरगंज , असार ०४ / बिरगंज महानगर पालिकाको बिपद कोषमा आज बिहीबार एकै दिन २७ लाख बराबरको चेक सहयोग प्राप्त भएको छ । बिरगंज महानगर पालिकाले कोभिड-१९ कोरोना भाईरस बिपद कोषको लागी उद्योग , व्यवसायी र विभिन्न संघ सस्थाहरु सङ्ग सहयोगको लागी आव्हान गरे पछी बिरगंज महानगर भित्रका औद्योगिक ब्यवसायिक घरानाहरुद्वारा बिरगंज महानगरलाई सहयोग गर्ने क्रम जारी रहेको छ ।बिहीबार मात्र २७ लाख रुपैयाको चेकहरु मेयर विजय कु.सरावगी ज्युलाई व्यवसायिक साथिहरुले हस्तान्तरण गरेका छ्न ।

सहयोग गर्ने हरुमा एरोटक प्रा.लि. २ लाख ५० हजार , एपेक्स फर्मासिटिकल्सले २ लाख ५० हजार , इन्दुशेखर चिनी मिलले ५ लाख, नारायणी तेल रिफाईनरि उधोगले १० लाख , के एन पि जपान प्राइभेट लिमिटेडले २ लाख र चाओ बिरो फिड इन्डस्टिर्जले ५ लाख गरि जम्मा रु. २७ हस्तान्तरण गरेका थिए । मेयर सरावगिले कोरोना रोकथामको लागी विभिन्न व्यवसायीहरुले यस्तो परिस्थितिमा पनि समाजिक दायित्व अनुसार आफ्नो तर्फबाट सहयोग गरेकोमा सबै सहयोगी दाताहरुलाइ धन्यवाद दिदै बिरगंज महानगरलाई तुरुन्तै ग्रिन जोन , कोरोना मुक्त सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

5180
Shares

ट्रेन्डिङ