सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा युरिया मलको अभाव

काभ्रेमा युरिया मलको अभाव

6600
Shares
काभ्रेमा युरिया मलको अभाव

काभ्रे : काभ्रेमा युरिया मलको अभाव हुन थालेको छ । धान रोप्ने तथा गोडमेल गर्ने समयमा युरिया मलको अभाब हुनथालेपछि किसानहरु चिन्तित बनेका छन् । धान, मकै तथा तरकारीमा युरिया मल हाल्नुपर्ने भएपनि मल बितरण गर्ने निकायमा युरीया मल अभाव भएको हो ।

जिल्लाका स्थानीय तहहले भने साउनको अन्तिम नभइ मल आउने सम्भाव नभएको बताएका छन् । रोशी गाउँपालिकामा पनि युरिया मल नपाउने किसानको संख्या आधा भन्दा धेरै छ । तर गाउँपालिकाले पनि तत्कालै मल उपलब्ध गराउने सम्भावना नरहेको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तोलाले बताउनुभयो । पालिकाले सहकारीहरुसँग मलको लागि समन्वय गरिरहेको छ ।

धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिकामा पनि युरिया मलको अभाव भएका कारण नगरपालिका मलको व्यवस्थापनमा लागेको कृषि शाखा प्रमुख मन्दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मनसुन शुरु भएर खुशी भएका किसानहरु यतिखेर मल नपाउँदा भने उत्पादनमा कमी आउने भन्दै चिन्तित भएका छन् ।कृषि सामाग्री कम्पनिले नै मल उपलब्ध गराउन नसकेको कारण नगरपालिकामा मलको अभाब भएको नगरपालिकाले बताएको छ ।

सबै खाले रसायनिक मलको लागि बाहिरी देशको भर पर्नु परेका कारण यस्तो समस्या बर्षेनी बेहोर्नु पर्ने कृषि शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यसको विकल्प खोज्न नगरपालिका लागि परेको छ ।

पनौती नगरपालिकाका
पनौती नगरपालिकाका किसान पनि युरिया मलको अभाव भएका कारण चिन्तित बनेका छन् । युरिया मल बाहेक अरु मल भने बजारमा सहजै उपलब्ध भएको कृषि तथा पशुपक्षिं शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले किसानहरुलाई अहिले जुन मल प्राप्त छ त्यही मलको प्रयोग गर्न अनुरोध गरेको छ ।

युरिया मलको विकल्पमा कुखुराको मल पनि प्रयोग गर्न सकिने कृषि तथा पशुपक्षिं शाखा प्रमुख सापकोटाले बताउनुभयो । अहिले बजारमा युरिया मलको अभाव हुन थालेपछि नगरपालिकाले बैकल्पिक कुरामा ध्यान राख्न समेत अनुरोध गरेको छ ।

पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाले पनि कृषि सहकारीहरुको समन्वमा किसानहरुलाई युरिया मल व्यवस्थापन गर्न तर्फ लागेको छ । युरिया बाहेक अरु रसायनिक मल भने बजारमा उपलब्ध रहेकाले किसानहरुलाई समस्या नभएको कृषि शाखा प्रमुख ईश्वर अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोरोनाका कारण बजार बन्द भएको र यातायात नचल्दा किसानहरुले मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनले भारतबाट मल नआउँदा समस्या भएको बताउदै आएका छन् । पछिल्लो समय जिल्लामा कम्पोष्ट मलभन्दा रासायनिक मलको प्रयोग बढि हुने गरेको छ ।

6600
Shares

ट्रेन्डिङ