सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा ?

आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा ?

4375
Shares
आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा ?

काठमाडाैं, ११ भदाै ।देशभरको मौसम बिहीबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको छ । यस्तै उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसम बदली भएको हो ।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद विभूति पोखरेलले जानकारी दिएकी छन् । बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न भागका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

4375
Shares

ट्रेन्डिङ