सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • महामारीमा समेत रोकिएन बेचबिखन

महामारीमा समेत रोकिएन बेचबिखन

5705
Shares
महामारीमा समेत रोकिएन बेचबिखन

काठमाडौँ । शनिबार मानव बे’चबि’खन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बे’चबि’खन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।

केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बे’चबि’खनका लागि त्यसतर्फ लगिएका घ’ट’ना सार्वजनिक भइरहेका छन् ।

बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बे’चबि’खनको आरोपमा प’क्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बे’चबि’खनमा परेका किशोरीसहितको उद्धार गरिएको नेपाल प्र’हरीको मानव बे’चबि’खन ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले जानकारी दिए ।

मानव बे’चबि’खनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्छन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

5705
Shares

ट्रेन्डिङ