सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रोशीबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सेवा अनिश्चीतकालका लागी बन्द

रोशीबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सेवा अनिश्चीतकालका लागी बन्द

3890
Shares
रोशीबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सेवा अनिश्चीतकालका लागी बन्द

काभ्रे : काभ्रेको रोशी गाँउपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चीतकालका लागी बन्द गर्ने निर्ण गरेको छ । कार्यालयका कार्यरत केही कर्मचारीका कोरोना संक्रमण देखीएको र संक्रमित कर्मचारीको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन तथा परिक्षण गर्नु पर्ने भएकाले  सेवाहरु बन्द गरिएको गाँउपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत राम बाहादुर तामाङले बताउनुभयो ।

स्वाब संकलन गरी परिक्षणको नतिजा नआए सम्मका लागी कार्यलयबाट प्रवाह गरिने सेवाहरु बन्द गरिएको हो । अर्को सुचना जारी नभए सम्मका लागी अत्यावश्यक र विद्युतीय माध्यम बाट गरिने सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको गाँउपालिकाले जनाएको छ । साथै सम्पुर्ण नागरिकलाई स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर सुरक्षित रहन समेत गाँउपालिकाले अनुरोध गरेको छ ।

3890
Shares

ट्रेन्डिङ