सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • चौरी देउरालीका पुराना शैलीका घरको छानो फेरिदै

चौरी देउरालीका पुराना शैलीका घरको छानो फेरिदै

5430
Shares
चौरी देउरालीका पुराना शैलीका घरको छानो फेरिदै

काभ्रे : काभ्रेको चौरीदेउराली गाँउपालिका क्षेत्रभित्रका पुराना शैलीका घरको छानो फेरिने भएको छ । हालसम्म पनि खर ,पराल,छवाली आदिले छाएको घरको छानो फेर्न लागीएको गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।

छानो फेर्नका लागी नेपाल सरकारबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत ५० हजार अनुदानको समेत ब्यवस्था रहेको अध्यक्ष गौतमको भनाई छ । हाल सम्म पनि खर ,पराल,छवाली आदिले छाएको घरमा बसोवास गर्ने सबैलाई आफ्नो घरको विवरण वडाकार्यलयमा पेश गर्न गाँउपालिकाले अनुरोध गरेको छ । छानो फेर्नुपर्ने ब्यक्तीले यहि असोज २१ गते सम्म वडाकार्यलयमा बिवरण पेश गर्न सकिने बताईएको छ ।

 

5430
Shares

ट्रेन्डिङ