सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • खरानीको लोभमा आफ्नै घर नजलाउन बाँस्कोटाको आग्रह

खरानीको लोभमा आफ्नै घर नजलाउन बाँस्कोटाको आग्रह

3615
Shares
खरानीको लोभमा आफ्नै घर नजलाउन बाँस्कोटाको आग्रह

काठमाडौं : नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले खरानीको लोभमा आफ्नै घर नजलाउन नेताहरूलाई आग्रह गर्नुभएको छ । काभ्रेको पनौती नगरपालिकामा कृषकहरूलाई पाडी वितरण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले आफ्नै पार्टीका नेताहरूले सरकारलाई असहयोग गरेको आरोप लगाउनुभयो ।

निजी स्वार्थका लागि चालिएका कुनै पनि कदम आम पार्टी नेता, कार्यकर्तालाई स्विकार्य नभएको उहाँको भनाइ छ । नेता बाँस्कोटाले आफ्नै पार्टीका शीर्ष नेताले नै प्रधानमन्त्रीको राजीनामा माग्ने र नेतृत्वको बदनाम गर्न थालेकाले भोलि कुन पार्टीको चुनाव चिन्ह बोकेर भोट माग्न जाने भन्दै प्रश्न गर्नुभयो ।

सरकारलाई काम गर्न नदिएपछि सरकारले बाध्य भएर अध्यादेश ल्याएको नेता बाँस्कोटाको तर्क छ । उहाँले सभामुखलाई संवैधानिक परिषद् बैठकमा जानबाट रोक्नु नै सरकारलाई असहयोग गरेको प्रमाण भएको जिकिर गर्नुभयो । नेता बाँस्कोटाले सभामुख अग्नीप्रसाद सापकोटालाई राजनीति नगर्न पनि सुझाव दिनुभयो ।

इमेज खबर बाट

3615
Shares

ट्रेन्डिङ