सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गएको २४ घण्टामा काभ्रेमा कोरोनाका नयाँ संक्रमितको संख्या शुन्य, हाल सम्म ३ हजार भन्दा धेरै भाईरस मुक्त

गएको २४ घण्टामा काभ्रेमा कोरोनाका नयाँ संक्रमितको संख्या शुन्य, हाल सम्म ३ हजार भन्दा धेरै भाईरस मुक्त

4870
Shares
गएको २४ घण्टामा काभ्रेमा कोरोनाका नयाँ संक्रमितको संख्या शुन्य, हाल सम्म ३ हजार भन्दा धेरै भाईरस मुक्त

काभ्रे : पछिल्ला केही दिन यता काभ्रेमा कोरोना भाईरसका संक्रमितको संख्यामा कमि आएको थियो । गएको २४ घण्टामा भने जिल्लामा कुनै नयाँ कोरोना संक्रिमित फेला नपरेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा हाल सम्म ३ हजार २ सय ३५ जनामा भाईरसको संक्रमण भएको छ । ति मध्ये उपचार पछि आज ८ जना डिस्चार्ज भएका छन् । यो संगै जिल्लाका संक्रमित मध्ये हाल सम्म ३ हजार ८० जना भाईरस मुक्त भईसकेका छन् ।

अझै जिल्लामा १ सय ११ जना सक्रिय संक्रमित छन् । उनिहरु मध्ये १ सय ३ जना होम आइसोलेसनमा छन् भने ८ जना अस्पताल आइसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । भाईरसको संक्रमणका कारण जिल्लामा हाल सम्म ६० जनाको ज्यान गईसकेको छ । ति मध्ये ४४ जना जिल्लाकै हुन् भने १६ जना अन्य जिल्लाका हुन् ।

 

4870
Shares

ट्रेन्डिङ