सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • संगितकर्मी संघ काभ्रेमा नयाँ नेतृत्व, अध्यक्षमा धनपती दाहाल

संगितकर्मी संघ काभ्रेमा नयाँ नेतृत्व, अध्यक्षमा धनपती दाहाल

3340
Shares
संगितकर्मी संघ काभ्रेमा नयाँ नेतृत्व, अध्यक्षमा धनपती दाहाल

काभ्रे : राष्ट्रिय संगितकर्मी संघ काभ्रे जिल्ला शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संगितकर्मी संघ काभ्रेको नयाँ नेतृत्वमा धनपती दाहाललाई अध्यक्षमा चयन गरेको छ । आज बनेपाको उरा डान्स थिएटरमा आयोजित पाचौं अधिवेशनले दाहाललाई नेतृत्वमा सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको हो ।

केन्द्रिय प्रतिनिधि सहितको उपस्थितीमा आजको भेला सम्पन्न भएको हो । केन्द्रीय प्रथम उपाध्यक्ष उमा श्रेष्ठको प्रमुख आतिथ्यतामा आज पाचौ अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले आज नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुमा अध्यक्ष धनपति दाहाल (डि.एन) वरिष्ठ उपाध्यक्ष बिष्णु रिजाल,उपाध्यक्ष अस्मिता खनाल ,सौगात दङ्गाल ,उर्मिला थापा ,बिष्णु गुरुङ ,विनोद नेपाललाई चयन गरेको हो । त्यस्तै सचिवमा पुजन धिताल, सह-सचिव उर्मिला के.सी, प्रवक्तामा सनम सुवाल(धिताल ) कोषाध्यक्ष वेलि थापा चयन भएका छन । साथै सदस्यहरुमा राज घिमिरे ,भक्त दाहाल ,गिता थापा ,मिना खड्का,कान्छि थापा ,सारदा सापकोटा लगाएतलाई चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष धनपती दाहालले निर्वाचित भए पश्चात् अब संघ लाई नयाँ सिराबाट अघि बढाउने र कलाकर्मी र संगितकर्मीको हकहित स्थापित गर्न विधान अनुरुप विचलित नभैइ कार्य गर्ने प्रतिवदता ब्यक्त गरेका थिए ।

कार्यक्रममा केन्दिय प्रतिनिधि प्रदेश अध्यक्ष र विभिन्न जिल्लाका अध्यक्ष र संगित कर्मी संघ काभ्रेका सदस्य र पुर्व अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।

3340
Shares

ट्रेन्डिङ