सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अब प्राइबेट स्वीमिंग पुल सहितको सेवा प्रदेश २ मा

अब प्राइबेट स्वीमिंग पुल सहितको सेवा प्रदेश २ मा

6800
Shares
अब प्राइबेट स्वीमिंग पुल सहितको सेवा प्रदेश २ मा

बर्दिबासको माइस्थानमा सम्भवत जनकपुरको सबैभन्दा ठूलो होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बर्दिबासको मुख्य चौकबाट करिब तीन कि. मिटर पश्चिम रहेको उक्त होटल को निर्माण डोकानिया ग्रूपले गरिरहेको छ ।

युवा ब्यापारी तथा डोकानिया ग्रुप का डायरेक्टर सुधिर अग्रवालका अनुसार वास बस्न सुविधासम्पन्न र अत्याधुनिक शैलीका ४० वटा कोठाको निर्माण भइरहेको छ । परिसरमा ४ वटा स्विमिङ पुल हुनेछन् जसमध्ये १ वटा चिल्ड्रन पुल ,अर्को पब्लिक स्विमिंग पुल र २ वटा स्विमिंग पूल भने प्राइबेट स्वीट रूममा रहने छ ।

उक्त होटलमा शाकाहारी , मांसाहारी र जेन धर्मका लागि ३ वटा छूटै किचन सञ्चालनमा आउनेछन् । यसबाहेक बालबालिकाको मनोरञ्जनका लागि चिल्ड्रेन फ़न पार्क समेत उक्त होटल मा बनाइएको छ ।

ऑपरेशन इंचार्ज सुदर्शन काफलेका अनुशार उक्त होटलको Event Area मा १५ सय देखि २ हजार व्यक्ति अटाउन सकने छन भने ४०० देखी ५०० जना अटाउने यूरोपियन स्टाइलको एउटा छूटै वातानुकूलित कांफ्रेंस हल छ । जिम हल , गार्डेन रेस्टुरेंट, सपयानीस बार , फाउन्टेन , आकर्षक फूलबारी र विभिन्न रङका बिजुली बत्तीको संयोजनले दिउँसोभन्दा राति यो स्थल भव्य देखिने सञ्चालक अग्रवालले बताउनुभयो ।

२०० सवारी साधन अटाउन सकने एरियाको निर्माण समेत गरिएको छ ।उक्त होटलले बर्दिबासको पर्यटक छेत्रमा नया पहिचान का साथै धेरै रोजगारी सृजना गर्ने निश्चित छ । हाल सेल्फी खिंचने को भीड़ लाग्ने गरेको स्थानीयले बताए ।

6800
Shares

ट्रेन्डिङ