सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • महाभारतको सोक्तेल सम्म बस पुग्यो, अब दैनिक संञ्चालन हुने

महाभारतको सोक्तेल सम्म बस पुग्यो, अब दैनिक संञ्चालन हुने

4600
Shares
महाभारतको सोक्तेल सम्म बस पुग्यो, अब दैनिक संञ्चालन हुने

काभ्रे : काभ्रे जिल्लाको कर्णाली भनेर चिनिने महाभारत गाउँपालिकाको वडा नम्बर २ सोक्तेल सम्म बस पुगेको छ । बनेपाबाट सोक्तेल सम्मका लागी बस सेवा परिक्षण गरिएको र त्यो सफल समेत भएको वडा नम्बर २ का वडा अध्यक्ष मिन बहादुर वाईबाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष २२ गते देखी दैनीक रुपमा बनेपा बाट सोक्तेल सम्मका लागी बस सेवा सुरु हुने छ । बनेपा बाट बिहान ७ बजे बस छृट्ने छ । बनेपा बाट नमोबुद्धे–दाप्चो–पिपलटारे–शिखरआम्बोटे–साँझकोट हुदै जाने बस जाने छ । साँझकोट–निगाँले –ताराखसे–स्याप्ले–रजे डाँडाँ–मोक्तानटोल–कुपिन्टार हुदै भञ्ज्याङ–सोक्तेल सम्म बस पुग्ने भएको छ ।

दैनिक रुपमा बनेपाबाट सोक्तेल सम्म र सोक्तेल बाट बनेपा सम्म दुई ओटा बस संञ्चालन गरिने वडा अध्यक्ष वाईबाले बताउनुभयो । बस सेवा संञ्चालन नहुँदा त्याहाँका स्थानिय जोरछाँगा देखी हिड्नु पर्ने बाध्यता थियो । अब दैनीक रुपमा बस सेवा संञ्चालन हुने भएपछि त्यो बाध्यता हट्ने स्थानियको भनाई छ ।

4600
Shares

ट्रेन्डिङ