सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सभामुखको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सभामुखको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

3685
Shares
सभामुखको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, माघ २६ः सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाले दायर गरेको संवैधानिक निकायका पदाधिकारी नियुक्ति बदरको मागसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सापकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत ११ वटा आयोगमा नियुक्त भएकालाई काम गर्नबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीको काम कारबाही रोक्न अस्वीकार गरेको हो । सर्वोच्चले अन्तरिम आदेशमार्फत काम रोक्न अस्वीकार गरेसँगै संवैधानिक निकायमा नियुक्त भएका सबैलाई काम गर्न सहज बाटो खुलेको छ ।

सापकोटाले दिएको रिटको प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश ढुंगानाको एकल इजलासले नियुक्त गर्नुको कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चले अन्तरिम आदेशमार्फत काम रोक्न अस्वीकार गरेसँगै संवैधानिक निकायमा नियुक्त भएका सबैलाई काम गर्न सहज बाटो खुलेको छ ।

सभामुख सापकोटाले संसदीय सुनुवाइ नभई संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति असंवैधानिक भएको भन्दै रिट दर्ता गरेका थिए । उनी संवैधानिक आयोगहरुमा भएको पदाधिकारीको शपथग्रहण कार्यक्रममा समेत अनुपस्थित भएका थिए । मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षसहित नवनियुक्त आयोगका पदाधिकारीलाई विपक्षी बनाइएको थियो ।

संघीय संसद्को कार्यसञ्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषद्बाट सिफारिस भएकाको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । सोहीअनुसार विभिन्न आयोगका पदाधिकारीले गत बुधबार शपथ भएर कार्य सुरु गरिसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

3685
Shares

ट्रेन्डिङ