सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा जंगली च्याउ खाँदा एकैघरका २ जनाको मृत्यु

काभ्रेमा जंगली च्याउ खाँदा एकैघरका २ जनाको मृत्यु

18005
Shares
काभ्रेमा जंगली च्याउ खाँदा एकैघरका २ जनाको मृत्यु

काभ्रे : धुलिखेल वडा नं ८ पकुचाका एक थामी परिवारले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । जेठ १३ गते जंगली च्याउ खाँदा दोलखा जिल्ला बैत्तेश्वर गाउँपालिका ६ स्थायी घर भएका केहि बर्ष देखि धुलिखेल ८ पकुचामा बस्दै आएका थामी परिवारका २ जनाको मृत्यु भएको छ भने अन्य चार जना विरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार बर्ष ४३ का नरबहादुर थामीको घरमानै तथा बर्ष २५ की विमला थामीको पाटन अस्पतालमा मृत्यु भएको हो । प्रवक्ता खतिवडाका अनुसार विरामी मध्ये बर्ष २९ को पूर्ण थामीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने बर्ष २७ को सुर्य थामी, बर्ष १९ को कृष्ण थामी र बर्ष ६२ को रामबहादुर थामी सामान्य अवस्थामा रहेको ।

प्रारम्भिक अनुसन्धानमा जंगली ज्याउ खाएको हुन सक्ने जनाउँदै परीक्षण पश्चात कसरी विरामी परे भन्ने थाहा हुने डिएस्पी खतिवडाको भनाई छ । दोलखाबाट बसाई सरेर आएका थामी परिवार ज्याला मजदुरी गरेर बस्ने गरको धुलिखेल नगरपालिका वडा नं ८ का अध्यक्ष निराजन जंगमले जानकारी दिए ।

18005
Shares

ट्रेन्डिङ