सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे सहित ८ जिल्लाका २१ जना पत्रकारले लिए आधारभुत पत्रकारिता तालिम

काभ्रे सहित ८ जिल्लाका २१ जना पत्रकारले लिए आधारभुत पत्रकारिता तालिम

4575
Shares
काभ्रे सहित ८ जिल्लाका २१ जना पत्रकारले लिए आधारभुत पत्रकारिता तालिम

काभ्रे : बागमती प्रदेशका पत्रकारका लागि काभ्रेको धुलिखेलमा आयोजित आधारभुत पत्रकारिता तालिम आज सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्ट्रार कार्यालयले आयोजना गरेको कार्यक्रमको प्रदेश सभाकी उपसभामुख राधिका तामाङले गत १४ गते उद्धघाटन गर्नुभएको थियो ।

तालिममा काभ्रे, सिन्धुपाल्चोक,सिन्धुली, दोलखा,धादिङ, नुवाकोट,रसुवा, चितवन, जिल्लाका २१ जना पत्रकार सहभागी थिए । तालिममा प्रशिक्षकका रुपमा कपिल काफ्लेले समाचारका बारेमा, विनोद ढुंगेलले पत्रकार आचारसंहिता, सञ्चार कानून र अन्तर्वार्ता, बिकास कार्कीले फोटोग्राफी र भिडियोग्राफी, रविराज बरालले अनलाइन पत्रकारिता, गंगा बिसी र नेत्र पन्थीले समाचार कक्षमा हुने समाचार उत्पादन, सम्पादन र प्रकाशन तथा प्रसारण का बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको समापनमा आज सञ्चार रजिष्टर रेवती प्रसाद सापकोटाले प्रशिक्षार्थीहरु लाई प्रमाण पत्र दिनुका साथै पत्रकारिता लाई अझ मर्यादित र बौदिक बिकाशका लागि भविष्यमा यस्तै अरु धेरै तालिम कार्यक्रम हरु ल्याउने बताउनु भयो ।

4575
Shares

ट्रेन्डिङ