सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रिफ्रेस हुन सुकेटेमा प्रचण्ड

रिफ्रेस हुन सुकेटेमा प्रचण्ड

4755
Shares
रिफ्रेस हुन सुकेटेमा प्रचण्ड

४ कात्तिक, सुकुटे । पारिवारीक र राजनितिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि सुकुटे आएका छन् ।

दिउँसो करिब ४ बजे पत्नी सिता दाहाल सहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी विच रिसोर्टमा आइपुगेको होटलले जनाएको छ । होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समयको लागि जलसयर(¥याफ्टीङ) समेत गरेका छन् ।

प्रचण्डसँग माओवादी केन्द्रिय सदस्यहरु कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाइसिएल पुर्व अध्यक्ष दिपशिखा समेत रहेका छन् ।

तीनै जना सिन्धुपाल्चोककै माओवादी नेता हुन् । यसअघि सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका प्रचण्ड पहिलोपटक भोटेकोशी विच रिसोर्ट, सुकुटेमा बसेका हुन् ।

4755
Shares

ट्रेन्डिङ