सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नेपाल हिन्दु राष्ट्र हुनु पर्छ : अध्यक्ष राणा

नेपाल हिन्दु राष्ट्र हुनु पर्छ : अध्यक्ष राणा

3260
Shares
नेपाल हिन्दु राष्ट्र हुनु पर्छ : अध्यक्ष राणा

काभ्रे : काभ्रे जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अधिवेशन आज सम्पन्न भएको छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बेल्दै अध्यक्ष राणले राप्रपा पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्ममा सम्पन्न गर्ने बताए । उनले ४ वर्ष अगढि नेपाली जनताले नेकपा एमाले पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले गठबन्दन गरी नेकपाको सुरुवात गरी जनताको हितको लागी कुनै प्रकारको काम नगरेको बताए ।

नेकपा एमाले पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) दुवै मिले यो मुलुकलाई सम्बृद्धि र प्रगतीको बाटोमा लैजान्छ आषा जन्नतमा रहेको उनले बताए । तर नेकपाको गठबन्दनको पार्टीले साढे ३ वर्ष चल्ला मुलुकले विकाश र प्रगतिको कुनै काम हुन नसकेको अध्यक्ष राणले बताए ।

त्यो सरकारले मुलुकलाई अगाडि बढाउनुको सटा आपसि झै झ ग डा गरी रहयो, र विभिन्न विकासका कामहरुमा भ्रष्टचार र बिसंगी फैलिदै गएको अध्यक्ष राणाको दाबि रहेको छ ।

उनले नेपाल हिन्दु राष्ट्र हुनु पर्ने र नेपालमा ८१ प्रतिशत भन्दा बढि मानिसहरुले हिन्दु धर्म मान्दै आएको बताए । अहिले बनेको नयाँ सरकारले ४ महिना वित्दा समेत कुनै प्रकारको विकासको काम नगरेको अध्यक्ष्य राणले बताए । मुलुकमा विभिन्न समस्याहरु चलि रहेका छन् ति समस्याहरुको समाधान गर्न नसकेको उनले बताए ।

हाम्रो पार्टीले इमान बोकेर अघि बढेको छ । जनताको हित र जनताको लागी काम गर्ने योजना राप्रपाले लिएको छ । नेपालको मुहार फेर्न राप्रपा पार्टी हर्दम लागी परीनै रहने उनले बताए ।

3260
Shares

ट्रेन्डिङ