सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बागमति प्रदेशमा काभ्रेबाट को बन्ला मन्त्री ?

बागमति प्रदेशमा काभ्रेबाट को बन्ला मन्त्री ?

6775
Shares
बागमति प्रदेशमा काभ्रेबाट को बन्ला मन्त्री ?

काभ्रे :बागमति प्रदेशमा गबन्धनको मुख्यमन्त्री नियुक्तीसंग काभ्रेमा मन्त्रीको चर्चा ब्यापक सुरु भएको छ । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पद तथा गोपनीयताको सथप ग्रहण गरे लगत्तै काभ्रेबाट को मन्त्री बन्ला भन्ने ? चर्चा चलिरहेको छ ।

२०७४ सालको निर्वाचनमा एमालेबाट काभ्रेको संघीय निर्वाचिन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) र (ख) मा निर्वाचित सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई अहिले नेकपा (एकीकृत समाजवादी) मा हुनुहुन्छ । बागमती प्रदेशमा सरकार फेरबदलसँगै काभ्रेली नेकपा (एकीकृत समाजवादी) समर्थक नेता, कार्यकर्तामा खुशी छाएको पाइन्छ ।

कार्यकर्ताहरुले दुबै जना सांसदलाई मन्त्री हुन शुभकामना दिएका छन् । सकेसम्म दुबै जना मन्त्री बन्न र नसके विवाद नगरी समझरीपूर्ण ढंगले एक जना मात्रै भएपनि मन्त्री हुनै पर्ने धारणा कार्यकर्ता र शुभचिन्तकहरुले सार्वजनिक गरिरहेका छन् ।

यसलाई पुर्नपुष्टि गर्न शनिबार बनेपा नगरपालिका वडा नम्बर ६ मा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा भेला तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै संघीय निर्वाचिन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) बाट निर्वाचित सांसद लम्सालले काभ्रे जिल्लाले मन्त्री पाउने बताउनुभयो । सांसद लम्साल नेकपा (एकीकृत समाजवादी) पार्टीको बागमती प्रदेश कमिटीका सचिब पनि हुनुहुन्छ ।

७०४ जना कार्यकर्ता भेला भएको वडाको विस्तारीत बैठकमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका सचेतक समेत रहनुभएका सांसद बसुन्धरा हुमागाईले भने मन्त्रीको विषयमा कुनै प्रतिक्रिया दिनुभएन् । तर सांसद लम्सालले काभ्रेले मन्त्री पाउने र बि वा द रहित ढंगले दुई जना सांसदबीच कुरा हुने स्पष्ट पाउनुभयो ।

काभ्रेका नेकपा (एकीकृत समाजवादी) कार्यकर्ता र शुभचिन्तकले मुख्यमन्त्रीको सपथसँगै काभ्रेबाट पनि एक जना मन्त्री हुने अपेक्षा गरेका थिए । तर मुख्य मन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद्लाई पूर्णदिने बताएको बुझिएको छ ।

तिहार लगत्तै मुख्य मन्त्री पाण्डेले विश्वासको मत लिने बताइएको छ । त्यसो हुदाँ काभ्रेले मन्त्री पाउन कम्तिमा मंसिर महिला कुर्नै पर्ने हुन्छ । काभ्रे नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेता र कार्यकर्ताले यस अघि एमालेमा हुदाँको नजिरलाई समेत ख्याल गर्दै वि वा द नगरी सर्बसम्मत निर्णय गरेर एक जना मन्त्री हुनु पर्नेमा जोड दिएका छन् ।

यद्यदी दुबै सांसदको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुमा आ-आफ्नो अडान भने कायम राख्ने देखिएको छ । मन्त्री भएपछि आफ्नो क्षेत्रमा अनुकुल बजेट ल्याउन सकिने र आगामी निर्वाचिनमा थप सजिलो हुने उनीहरुको विश्वास छ ।

तर दुबै सांसदको भित्र इच्छा भने आफ्नो पार्टीको भागबण्डामा पर्ने मन्त्रालय हेरेर मात्रै मन्त्रीका लागि निर्णय गर्ने देखिन्छ । मन्त्री बनेपछि धेरै आंकाक्षा बढ्ने र विकास खर्च नै नभएको मन्त्रालय भागमा पर्दा त्यो आंकाक्षा पुरा गर्न नसक्ने परिस्थिति सिर्जना हुदाँ कार्यकर्ता र निर्वाचन क्षेत्रका मतदाता चिडिन सक्ने तर्फ उनीहरु उच्च सजग रहेको पाइन्छ ।

काभ्रे जिल्लाबाट यस अघि अष्ट लक्ष्मी शाक्य मुख्यमन्त्री रहेको प्रदेश सरकारमा एमाले सांसद चन्द्र लामा मन्त्री बनिसक्नुभएको छ । यद्यदी मन्त्री लामाको सयमवधि निकै छोटो रह्यो । अहिलेको सरकार भने अर्को निर्वाचन नहुदाँसम्म टिक्ने गठबन्धनको विश्वास छ ।

 

6775
Shares

ट्रेन्डिङ