सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसले आज प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै, मधु भर्सेज शिव–तीर्थ समूह भिड्दै

काभ्रे काँग्रेसले आज प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै, मधु भर्सेज शिव–तीर्थ समूह भिड्दै

9440
Shares
काभ्रे काँग्रेसले आज प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै, मधु भर्सेज शिव–तीर्थ समूह भिड्दै

 

काभ्रे काँग्रेसले आज प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै छ । कुनै पनि प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत समिति चयन नहुने देखिएको छ ।

जिल्लामा शिव–तीर्थ समूह र मधु आचार्य समूह प्रतिस्पर्धामा उत्रिएका छन् । मुख्य निर्वाचनअधिकृत राजेन्द्र लामिछानेका अनुसार निर्वाचन प्रक्रिया अहिले बिहान ८ बजदेखि सुरु हुने छ । साँझ पाँच बजेसम्म मतदान प्रक्रिया भैसक्ने बताइएको छ ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को अधिवेशन भकुण्डेबेसीमा र (ख) को पनौतीमा हुने छ । त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को धुलिखेलमा र (ख) को बनेपामा अधिवेशन हुने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

यी चार वटै क्षेत्रका लागि मतदान अधिकारीहरु अधिवेशन स्थलमा पुगिसकेका छन् । चारै निर्वाचन क्षेत्रमा गरी कुल २५ सय ४३ जना प्रतिनिधिले मतदान गर्ने छन् । यी प्रतिनिधिले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा ७ जना पदाधिकारी, कम्तिमा १६ जना सदस्य र अल्पसंख्य, मधेशी, मुस्लिम, अपाङ्गता, पिछडिएको वर्ग छन् भने यो क्लस्टरबाट १ जना सदस्यका लालि मतदान गर्ने छन् ।

निर्वाचन सकिए लगत्तै मतगणना सुरु गरिनेछ । यसअघि पालिका र वडा अधिवेशनमा जस्तो हालसम्म कुनै पनि प्रदेश निर्वाचन क्षेत्रमा विवाद नरहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो । अधिकांश ठाउँको मतपरिणाम आजै आउने गरि तयारी गरिएको छ । विवाद भएन भने सबै ठाउँको मतपरिणाम आज राती अबेरसम्म आइसक्नेछ ।

9440
Shares

ट्रेन्डिङ