सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाली काङ्ग्रेस नुवाकोटको सभापतिमा महत निर्वाचित

नेपाली काङ्ग्रेस नुवाकोटको सभापतिमा महत निर्वाचित

4260
Shares
नेपाली काङ्ग्रेस नुवाकोटको सभापतिमा महत निर्वाचित

 

नेपाली काङ्ग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी हुनु भएको छ। शनिबार नुवाकोटको विदुरमा भएको मतगणनामा महत विजयी हुनुभएको हो।

मतपरिणाम अनुसार युवा नेता महत १० मतको अन्तरमा विजयी हुनुभएको हो।कुल १७४७खसेको मत खसेको थियोे । सो मतमा महतले ८३३ मत प्राप्त गर्नु भएको थियो ।उहाँको प्रतिस्पर्धी डा. केदार नरसिंह केसीले ८२३ मत प्राप्त गर्नुभएको थियोे ।

जिल्ला उपसभापति सन्तमान तामाङले ८४६ मत,जिल्ला सचिव बैकुण्ठ मिश्रले ९०० मत प्राप्त गर्नु भएको थियोे । युवा नेतामा परिचित अनुहार ,गतिशील ,लगनशील महतलाई नेपाली काङ्ग्रेसका नेताद्वय डा. रामशरण महत,डा०प्रकाशशरण महत र संघिय सांसद बहादुरसिङ लामाको साथ रहेको थियो ।

नेता महत ले आफू विजयी हुनुनै पार्टीको सबै को जित भएको मा नेता महत ले सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा र पार्टीको काममा आफुलाई सामुहिक जिम्मेवारीलाई कर्तव्यबोध गराएको समेत उहाँले बताउनु भएको छ ।

 

4260
Shares

ट्रेन्डिङ