सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना संक्रमणबाट एक जनाको मृ’त्यु

काभ्रेमा कोरोना संक्रमणबाट एक जनाको मृ’त्यु

6775
Shares
काभ्रेमा कोरोना संक्रमणबाट एक जनाको मृ’त्यु

धुलिखेल, २ भदौः धुलिखेलका कोरोना संक्रमित बृद्धको मृ’त्यु भएको छ । धुलिखेल अस्पतालमा उपचार गराइरहनुभएका धुलिखेल वडा नम्बर ७ का बृद्धको मृ’त्यु भएको हो ।

९८ बर्षीय बृद्धको अस्पतालमा मृ’त्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष रोमी प्रसाद ब्याञ्जु जानकारी दिनुभयो । पिसाब बन्द भएपछि उपचारका लागि धुलिखेल अस्पताल पुग्नुभएको बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्लाज्मा बिधि मार्फत उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृ’त्यु भएको हो ।

योसँगै काभ्रेमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि पाँचखाल नगरपालिका वडा नम्बर १ का ५० बर्षीय एक महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको थियो । जिल्लामा काेराेना संक्रमितकाे संख्या ८० पुगेकाे छ ।

6775
Shares

ट्रेन्डिङ