सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • यस्तो हुन्छ– बिरोधी र आलोचकको महत्व

यस्तो हुन्छ– बिरोधी र आलोचकको महत्व

4830
Shares
यस्तो हुन्छ– बिरोधी र आलोचकको महत्व

बिरोधी भनेपछि खोइरो खन्नैपर्ने, भित्तै पुर्याएर दपेटनुपर्ने र अर्काको नचाहिने सिको तत्काल सिकिहाल्नुपर्ने नेपाली राजनीतिक नेताहरका लागि १९४७ र २०१६ का दुई उदाहरण जान्नैपर्ने घटनाक्रम हुन् । आफ्नै पार्टीभित्र गुट खडा गर्ने र लुट मच्चाउने नेपालले यी दुई उदाहरणबाट शिक्षा लिए भने पार्टी साधनमात्र हो, साध्य त राष्ट्र रहेछ भन्ने सिख लिनसक्छन् ।
१९४७ मा भारत स्वतन्त्र भयो र प्रधानमन्त्री बने जवाहरलाल नेहरु । नेहरु अंग्रेजका होनहार सचिव भएर काम गरेका गिरिजाशंकर बाजपेयीको घरैमा ढोका ढकढक्याउन पुगे । अंग्रेजको सहयोगी बनेर काम गरेका गिरिजाशंकर बाजपेयीको सातोपुत्लो उड्यो, उनी कालोनिलो भए ।

अव सजाय पाइने भइयो, जेलको यातना खप्नुपर्ने भयो भन्ठाने । यद्यपि उनले नेहरुलाई भित्र आउन शिष्टाचार देखाए ।नेहरु भित्र पस्दापस्तै भन्नथाले– गिरिजाशंकर, अंग्रेजका बहुत सेवा किया, अव भारतका सेवा करो । गिरिजाशंकर अवाक भए । नेहरुले आफ्नो सहायक भएर काम गर्न आग्रह गरेको सुनेपछि जवाफ दिए, जैसी आपकी इच्छा । यो हो राजनेताको, स्वाधीता र स्वाभिमानी नेतृत्वको पहिचान ।

अमेरिकामा राष्ट्रपति चुनाव जितेका तर पदभार ग्रहण नगरिसकेका ट्रम्पले राजनेताको परिचय दिन सुरु गरिसके । यद्यपि उनी राजनीतिज्ञ मानिदैनन्, व्यापारी ठानिन्छन् । चुनावका बेलामा उनले धुवाँधार गालीगलौजमात्र गरेनन्, कालाजातिको अपमान गरे, आप्रवासीलाई निकाल्ने र मेक्सिकोको सीमामा आफ्नै पैसाले पर्खाल ठड्याएर अपराध घुस्न नदिने प्रणसमेत गरेका थिए ।

तर, उनले चुनाव जिते र आफूलाई राजनेताको साँचोमा ढाल्न थालिसके । उनले मासिक १ डलरमात्र राष्ट्रिय ढुकटीको तलव लिने घोषणा समेत गरेका छन् । र, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै मिलेर अमेरिका बनाउन’ आह्वान गरेका छन् । उनले आफ्ना कट्टर आलोचक क्यारोलिनाकी गभर्नर निक्की हेलीलाई राष्ट्रसंघका लागि अमेरिकी राजदूत र बेट्सी डिभोसलाई शिक्षामन्त्री मनोनित गरिसके ।

ट्रम्पको पार्टी रिपव्लिकनले दुबै सदनमा बहुमत ल्याएको छ । विरोधीलाई लतारेर हिड्नसक्छन् उनी । तानाशाही चलाउन सक्छन् तर ट्रम्पले बुद्धिमानी देखाए, विरोधीसँग मिलेर राष्ट्र बनाउने आफ्नो प्रतिवद्धताको परिचय दिएका छन् । आफूलाई हराउन विशेष भूमिका खेलेका विरोधीलाई देश बनाउने, चलाउने संयन्त्रका रुपमा स्वागत गर्नु, यस्तो हुन्छ नेतृत्व भनेको ।

सवल नेतृत्वले जहिले पनि योग्यता र सक्षमताको आदर र कदर गर्छ । यी दुई विरोधी पनि कस्ता भने ट्रम्पको मनोनयतलाई स्वीकार गरिसके । निक्की रान्धवा नाम सहित भारतीय शिख परिवारमा जन्मिएकी उनले सन्तोष प्रकट गरेकी छिन् । शिक्षामन्त्रीका रुपमा नियुक्त डिभोसले आफुलाई सम्मानीत महसुस गरेको बताएकी छन् ।

वीवीसीका अनुसार राष्ट्रपति उम्मेदवार मनोनयनका लागि पार्टी्भित्रको प्रारम्भिक चुनाव अर्थात प्राइमेरीमा आफ्ना प्रतिष्पर्धी रहेका अफ्रिकी अमेरिकी पूर्व चिकित्सक बेन कार्सनलाई ट्रम्पले आवास तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने जस्तो देखिन्छ ।

एउटा अर्को प्रसङ्ग–
ह्वील चेयरका एक सैनिक

लङफेलोको उक्तिबाट सुरु गरौं– संसारको रणभूमिमा, जीवन संघर्षको मैदानमा, कर्तव्यपथमा, अरुले धपाइएका भेडाबाख्राजस्तो नहोऊ र वीर होऊ । हाम्रा वीरपुर्षाको मान्यता पनि यही हो । यसपटक नेपाली सेनाको चर्चा गरौं । कस्तुरीको बास्ना सुघौं ।

हलेदो भनेर चालपाइसकियो, कति राजनीतिमात्र पर्गेल्नु । गौतम बुद्धका अनुसार महानता प्राप्त गर्न असल सोच र असल विचार चाहिन्छ । निर्वाणा प्राप्त गर्ने राजमार्ग भनेकै विचार र विचारअनुसारको कर्म हो ।

महात्मा गान्धीको मत थियो– आचरण बिनाको विचार र खोटो मोती उस्तै हो । लोकतन्त्र चलिरहेको छ, कसरी चलिरहेको छ, लोकतान्त्रिक नेताहरुलाई नै अत्तोपत्तो छैन । किनभने लोकतन्त्र हा“क्ने सारथीहरुस“ग न सोच छ, न विचार । आचरण त छ“दैछैन ।

लोकतन्त्रको गरिमा र महिमा खण्डित र मण्डित भएर टुक्रा टुक्रा भएर जा“दो छ । लोक कता हो, तन्त्र कता, छेउटुप्पो मिलेको छैन । यसकारण शासन र प्रशासन अस्तव्यस्त छ, सुधारका लक्ष्यणहरु पर परसम्म देखिदैनन् । अपेक्षा सुशासनको थियो, शान्ति र समृद्धिको थियो, समानता र समानुपातिकको थियो तर कूशासन व्याप्त छ । यसको मूल कारण भनेको असल सोच नहुनु, आचरण खराव हुनु हो ।

यसरी बिग्रदै र भत्कदै गएको नैराश्यता बढ्दै जा“दैगर्दा नेपाली सेनाका एकजना अधिकृत जो समाजमा चर्चामा छाएका छन् । उनको नाम हो रमीन्द्र क्षेत्री ।

‘राष्ट्रनिर्माणमा आम नेपालीको भूमिका’ मंसिर १० गते नागरिक समूहले कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीदेखि पूर्व सरकारप्रमुख खिलराज रेग्मीसम्मको उपस्थिति थियो । यही समारोहमा उपरथी रमिन्द्र क्षेत्रीलाई नागरिक अभिनन्दसहितको सम्मान गरियो । लोकतन्त्रपछि सैनिक सेवाका व्यक्तित्वलाई नागरिक सम्मान गरिएको यो पहिलो हो ।

नेपाली सेना समाजको, राष्ट्रको अन्तिम सुरक्षा निकाय पनि हो । सेनाको महत्व कति छ कति । तर यसरी सैनिकलाई नागरिक अभिनन्दन गरिएको बिरलै घटना हुने गरेका छन् ।

स्मरणरहोस्, रमिन्द्र क्षेत्रीको जीवन ह्वीलचेयर जीवन हो । जनयुद्ध चर्किरहेको थियो, २०६० साल भदौ ११ गते माओवादीको नम्बरी दुश्मनको सूचीमा परेछन् क्षेत्री र मार्नै भनेर माओवादीले गोली ताकेरै गोलीको तारो हानेको थियो । मार्नै खोजेका थिए, रमीन्द्र क्षेत्रीलाई ।

सैनिक अधिकृतलाई मारेर नेपाली सेनाको नैतिकबल र साहस गिराउने रणनीति पनि थियो यो हमलामा । रमीन्द्रलाई मेरुदण्ड भाचिने गरी गोली लाग्यो ।

भाग्यवस उनी बाँचे र कसरी मृत्यु र जीवनसगको युद्ध जितेर बा“चे त्यो पीडादायक कथाको पाटो हुनसक्छ । तर, गोली खाएर बाँच्नु र सैनिक संगठनका लागि बाँच्नु, देशका लागि बाँच्नु प्रशंसनीय जीवन हो । बाँचेर सेवामा फर्किए, उनी बा“चुन्जेल ह्वील चेयरबाट उठ्न सक्दैनन् ।

तर रमीन्द्र नेपाली सेनालाई उठाइरहेका छन्, जिवन्त सेवा दिइरहेका छन् र सैनिक संगठनको नैतिक र साहसी बलका प्रेरक बनिरहेका छन् । जर्नेल रमिन्द्र क्षेत्री ह्वीलचेयरमै बसेर नेपाली सैनिकको कर्तव्य निभाइरहेका छन्, सैनिक सेवामा अहोरात्र खटिरहेका छन् ।

एउटा सैनिकका लागि उसको जीवनभन्दा पनि सैनिक संगठनले दिएको जिम्मेवारी निभाउनु र राष्ट्रसेवा गर्नुको कति महत्व राख्छ, यसको प्रमाण हुन् रमिन्द्र क्षेत्री । सैनिक रहेका वा नरहेका पुस्तालाई रमिन्द्र क्षेत्री राष्ट्र र राष्ट्रियताको सर्वोपरि हितमा काम गर्ने प्रेरणा बने ।

यो आलेख रमीन्द्र क्षेत्रीको व्यक्ति प्रशंसामा लेखिएको होइन । एउटा सिपाही कसरी आफ्नो जीवन बा“च्छ, संलग्न संस्थाका लागि जिउ“छ र पीडा भुलेर, छटपटी र हुटहुटी बिर्सेर कर्तव्यपथमा लम्किरहन्छ भन्ने उदाहरण हुन् रमीन्द्र क्षेत्र ।
राष्ट्रसंघका महासचिवसम्मले चर्चा गर्छन्– नेपाली सेनाको । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति सेनाका रुपमा अन्य मुलुकका सैनिकलाई खटाउ“दा त्यहा“को वातावरण, बस्ने, खाने, सुत्ने, सुविधाका बारेमा अध्ययन गर्छन् र सबै सुविधा प्राप्त भएपछि मात्र खटिन्छन् । तर नेपाली सेनालाई खटाउनासाथ ज्यान हत्केलामा हाले, कुनै सुखसुविधाको ख्याल नै नगरी छातीमा गोली लागे लागोस् भनेर खटाएको थलोमा पुगिहाल्ने हाल्छ ।

यो हो गोर्खालीको वीरता, पहिचान र साहस । यो गौरवगाथा हिजो थियो, आज छ र रमीन्द्र क्षेत्रीहरुजस्ता सिपाहीका कारण भोलि पनि कायमै रहनेछ । रमीन्द्र क्षेत्रीको नागरिक अभिनन्दन भयो । रमीन्द्र क्षेत्री पनि सामाजिक प्राणी हुन् । उनीभित्र पनि कमलो मन छ, सम्मानित भएपछि उनको मन समुद्र उर्लिएजस्तो उर्लियो होला, पीडाबोध पनि भयो होला । सायद त्यसैले सम्मानित भएपछि भावुक बनेका जर्नेल रमिन्द्र क्षेत्रीले युवाहरुलाई देशको माया गर्न र देशभन्दा महत्वपूर्ण केही छैन भन्ने सन्देश दिए ।

जीवन नै ह्वीलचेयरमा सिमित भएका रमिन्द्र क्षेत्रीको सोच, विचार र कर्तव्यपरायणता साह्रै सक्रिय छ, सम्मानयोग्य छ । यो उनको असाधारण सेवा पनि हो । ३७ वर्षे सैनिक सेवामा रहेका क्षेत्री अहिले राष्ट्रिय सेवा दलमा कार्यरत छन् । नेपाली सेनाभित्र प्रखर व्यक्तिका रुपमा उनको पहिचान स्थापित छ । नेपाली सेनाको प्रतिनिधि हुन् रमिन्द्र क्षेत्री । नेपाली सेना यसैगरी चम्किनुपर्छ, नमकको सोझो चिताउने संस्थाका रुपमा अग्लिनुपर्छ । जनताको संस्था बन्नुपर्छ ।

4830
Shares

ट्रेन्डिङ