सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा डिएसपीहरुको हेरफेर

काभ्रेमा डिएसपीहरुको हेरफेर

31045
Shares
काभ्रेमा डिएसपीहरुको हेरफेर

काभ्रेमा कार्यरत डिएसपीहरुको सरुवा भएको छ । प्रहरी हेडक्वारटले १२० जना डिएसपीको सरुवा गर्दाका अधिकांश डिएसपी फेरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज नेउपानेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ । उनको ठाउँमा राजकुमार श्रेष्ठलाई पठाइएको छ । डिएसपी श्रेष्ठ प्रहरी वृत्त जगाती, भक्तपुरमा कार्यरत थिए ।

नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत ब्यवस्थापन शाखा बनेपाका डिएसपी अर्जुन केसीलाई जिल्ला प्रहरी कार्यालय कालिकोट सरुवा गरिएको छ । उनको ठाउँमा प्रकाश दाहाललाई पठाइएको छ ।

त्यसैगरी नेपाल प्रहरी विद्यालय साँगाका डिएसपी फणिन्द्र प्रसाईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौ पाठ्याक्रम विकास तथा परीक्षण नियन्त्रण शाखामा सरुवा गरिएको छ ।

31045
Shares

ट्रेन्डिङ