सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • यस्तो छ सफल व्यवसायी ताराको समाजसेवा मोह र “कर्म श्री“ अवार्ड सम्मको यात्रा

यस्तो छ सफल व्यवसायी ताराको समाजसेवा मोह र “कर्म श्री“ अवार्ड सम्मको यात्रा

3250
Shares
यस्तो छ सफल व्यवसायी ताराको समाजसेवा मोह र “कर्म श्री“ अवार्ड सम्मको यात्रा

काभ्रे । काभ्रे जिल्लाको भुम्लुका तारा बहादुर कुँवर एक सफल व्यवसायी हुन । व्यवसाय सँगै सदैब समाज सेवामा तत्पर रहेका तारा सोहि समाज सेवाबाट पुरस्कृत भएका छन । उनले यो सम्मान केहि हप्ता अघि मात्र पाएका हुन ।

उनी लामो समय देखि निरन्तर समाजसेवामा लागे बापत Socrates Social Research University ले उनलाई “Honorary Doctorate Award” र “कर्म श्री“ अवार्डले सम्मान गरेको हो । उनी यस अघि राष्ट्रपतिबाट संबिधान दिवसको दिन जन सेवा श्री बाट सम्मानित भैसकेका व्यक्ति हुन् ।

निरन्तर २० वर्ष देखि समाज सेवा गरे वापत प्रदान गर्ने उपाधि कुँवरलाई भने सो विश्व विद्यालयलाई विगत ५ वर्ष देखि आन्तरिक निरिक्षण गरेर उपाधि प्रदान गरेको कुँवरले जानकारी दिएका हुन् ।

ताराले बिगत ३ दशकदेखि नेपालको निर्माण जगतमा सम्मानित स्थान कायम राख्दै, बहुप्रतिभा र धनी व्यवसायीका रूपमा नाम बनाएका छन । उनले उक्त पुरस्कारहरू आफ्नो परिश्रम र योगदानको माध्यमबाट प्राप्त गरेका हुन् । उनी सफल हेवी इक्युपमेन्ट व्यवसायी हुन् ।

भारतमा उनको यो असाधारण सम्मानमा गरिएकोले, उनीले भविष्यमा पनि समाज र व्यवसायमा आफ्नो योगदान जारी राख्ने बताएका छन् । उनले सो सम्मान पछि पनि आफ्नो समाजसेवा कर्मलाई निरन्तरता दिईरहेका छन ।

उनले पछिल्लो हप्तामात्र पनि २०० सय भन्दा बढी अशक्त ,असाहाय र आर्थिक रुपले विपन्न व्यक्तिहरुलाई कम्बल , सुईटर र गलबन्दी वितरण गरिसकेको कुँवरले सबैको समाचारलाई जानकारी दिएका छन ।

उनले आज मात्र पनि धुलिखेल वडा न १ देवीटारमा सोहि अभियानलाई जारी राख्दै ९ जनालाई सहयोग गरेका छन । कुँवरले आफुले आजसम्म थुप्रैलाई सहयोग गरेको बताएका छन् । उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रे क्षेत्र नं २ को सभापति समेत हुन्।

3250
Shares

ट्रेन्डिङ