सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो

3615
Shares
काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो

 

काठमाडौं । काठमाडौंमा शनिबार (आज) यो वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, शनिबार बिहान काठमाडौंको तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको छ । यो यस वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो । यसअघि ०७८ मंसिर १ गते न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसमविद् गंगा नगरकोटी काठमाडौंको तापक्रम कतिसम्म पुग्छ भनेर प्रक्षेपण गर्न नसकिए पनि अब निरन्तर चिसो बढ्ने बताउँछिन् । विगत वर्षमा काठमाडौंको तापक्रम माइनससम्म पुगेकाे रेकर्ड छ।

‘काठमाडौंको तापक्रम कतिसम्म घट्छ भनेर आनुमान गर्न त सकिन्न,’ उनले नेपालवाचसँग भनिन्, ‘तर अब चिसो बढ्दै जान्छ ।’ उनले चिसो बढ्ने क्रममा रहेकाले बालबालिका, वृद्धवृद्धाको सुरक्षामा ध्यान दिन आग्रह गरिन् ।

काठमाडौंका अतिरिक्त देशका अन्य भेगको तापक्रम पनि घटेको छ । जल तथा मौसम विज्ञान विभागका जुम्लामा देशमै सबैभन्दा धेरै चिसो छ । त्यहाँको शुक्रबार साँझको न्यूनतम तापक्रम माइनस ४.३ डिग्री सेल्सियस छ ।

दिउँसोको समयमा भने त्यहाँको तापक्रम १५.३ डिग्री सेल्सियससम्म पुग्ने विभागको प्रक्षेपण छ । जुम्लापछि जोमसोम र जिरीमा धेरै चिसो छ । त्यहाँको शुक्रबारको न्यूनतम तापक्रम क्रमशः माइनस १ र १.१ डिग्री सेल्सियस छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर बुधबारसम्म वर्षाको सम्भावना छैन । बिहीबारबाट नयाँ मौसमी प्रणाली भित्रिने र त्यसले देशको पश्चिम भेगका केही स्थानमा वर्षा गराउन सक्ने मौसमविद् नगरकोटीले बताइन् ।

 

 

3615
Shares

ट्रेन्डिङ