सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रकार महासंघ काभ्रेले मनायो स्थापना दिवस: पूर्व अध्यक्ष र सहयोगीहरुलाई सम्मान

पत्रकार महासंघ काभ्रेले मनायो स्थापना दिवस: पूर्व अध्यक्ष र सहयोगीहरुलाई सम्मान

5005
Shares
पत्रकार महासंघ काभ्रेले मनायो स्थापना दिवस: पूर्व अध्यक्ष र सहयोगीहरुलाई सम्मान

 

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष र सहयोगीलाई सम्मान गरेको छ ।

आज २९ औं स्थापना दिवसको अवसर पारेर हालसम्मका अध्यक्ष र सहयोगीलाई सम्मान गरेको अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिनुभयो ।

पूर्व अध्यक्षहरू भोजराज तिमिल्सिना, ईश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा र निर्वतमान अध्यक्ष मोतिराम तिमिल्सिनालाई सम्मान गरेको हो ।

त्यस्तै पत्रकार महासंघले सुरू गरेको कोरोना कोषमा आर्थिक सहयोग गर्ने सहयोग दातालाई पनि सम्मान गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्याता भएको कार्यक्रममा जिल्ला स्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) दल तथा तीनका पत्रकार संगठनले जिल्लाको पत्रकारिताका बारे चर्चा गरेका थिए ।

 

 

5005
Shares

ट्रेन्डिङ