सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

4260
Shares
खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

 

काठमाडौं, ४ पुस : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ ।

केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जानकारी दिएको छ ।

‘हामीले मतगणना सम्पन्न गर्‍यौँ, अब अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ समितिका एक पदाधिकारीले भने । गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो ।

निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ । खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ ।

तर, ९९ जनाले उम्मेदवारी दिएका थिए । अब ९९ जना उम्मेदवारमध्ये सबैभन्दा धेरे मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।

 

 

4260
Shares

ट्रेन्डिङ