सबैको समाचार
शनिबार, मंसिर १०, २०७९
  • होमपेज
  • पाँचखाल नगरद्वारा १ अर्ब २९ करोड ९६ लाखको बजेट सार्वजनिक

पाँचखाल नगरद्वारा १ अर्ब २९ करोड ९६ लाखको बजेट सार्वजनिक

पाँचखाल नगरद्वारा १ अर्ब २९ करोड ९६ लाखको बजेट सार्वजनिक

काभ्रे : पाँचखाल नगरपालिकाको ११ औ नगरसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारीत भएको छ । नगरप्रमुख महेश खरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारीत भएको हो ।

नगरप्रमुख खरेलले नगरमा एक बर्ष भित्र रोजगारीको सिर्जना, बृहत सिंचाई योजना, स्वच्छ र सफा खानेपानीको पँहुच, नेपालमै पहिलो ग्रिन स्मार्ट सिटीको डिपिआर र कार्यको थालनी, प्राङगारिक खेति, रासायनिक विषादी न्यूनिकरणका लागि गुणस्तरीय बानस्पतिक विषादी घरघरमा बनाउन प्रोत्साहन गर्ने, पाँचखाललाई दुध अण्डा र मासुमा आत्मनिर्भर बनाउने, पशुपक्षीको स्वास्थ्य परीक्षण प्रयोगशाला, पर्यटन विकास रणनीति निर्माण र कार्यान्वयन, कोभिड १९ का कारण बढ्दो बेरोजगारीहरुलाई रोजगार कार्यक्रमसँग जोड्ने, कृषिजन्य बस्तुको उत्पादन, खरिदविक्रि तथा सुपथ मुल्य पसल खोल्न सहकारीसँग सहजीकरण गर्ने, पाँचखालको वास्तविकता र आवश्यकतामा आधारित ‘कम्युनिभर्सिटी’को स्थापना गर्ने, गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे, निःशुल्क पाठेघर जाँच तथा शल्यक्रिया, बलमजदुर मुक्त नगर घोषणा, नगर स्तरीय कोसेली घर, प्रत्येक वडामा पिच भन्ने मुल नारालाई थप गर्दै वडाका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, महत्वपूर्ण धार्मीक स्थल र बस्तीहरुमा पक्की सडकको पँहुच पुर्याइने, अन्य पालिका जोड्ने कम्तिमा २ वटा सडक दिगो सञ्चालन हुने गरी विकल्पको सडक बनाउने, नगरमा अन्तरराष्ट्रिय स्तरको शहर निर्माण, फोहोर मैला व्यवस्थापन, बसपार्क जस्ता परियोजनाहरुको विकास र व्यवस्थापनका लागि नगर विकास समिति गठन गर्ने, घर बनाउनेले अनिर्वाय जमिन रिचार्ज हुने पोखरी निर्माण गर्नुपर्ने, फोहोरलाई श्रोतमा बर्गिकरण गरी फोहोर व्यवस्थापन गरिने, पर्यटकीय, धार्मीक र बजार क्षेत्रमा फ्रि वाईफाई, आधुनिक प्रविधि उपयोग गरी सेवा प्रवाहलाई कागजरहित बनाउने नीति तथा कार्यक्रम मार्फत जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख सुर्यमाया दनुवारले २०७८/७९ को प्रगति समिक्षा तथा न्यायिक समितिले गरेका कामका बारेमा मन्तब्य राखेका थिए । नगरसभामा नगरसभा सदस्यहरु संजय तामाङ, नारायण सापकोटा, रामशरण दुलाल, सुरेश भुजेल लगायतले मन्तब्य राखेका थिए । सभाले आर्थिक विनियोजन विधयेक सर्वसम्मतीले पास गरेको छ ।

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार
पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ७६ हजार रुपैयाको बजेट सभाले पास गरेको छ । नगरको आम्दानीमा बाडफाड नहुने सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, प्रदेश सरकार समपुरक र अनुदान, सडक बोर्ड, सामाजिक सुरक्षा गरी ५३ करोड ३७लाख, ९७ हजार तथा बाँडफाँड योग्य ७६ करोड ५८ लाख ८९ हजार रहेको छ ।

त्यस्तै खर्च तर्फ पूँजीगत खर्चमा ९४ करोड ६८ लाख ३८ हजार तथा चालु तर्फ १६ करोड, तथा शसर्त योजनाकोलागि १९ करोड २८ लाख ३८ हजार रुपैया गरी १ अर्व २९ करोड ९६ लाख ७६ हजार रुपैयाको बजेट पास भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका