सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काँग्रेस काभ्रेका सभापति तीर्थ लामा कार्यकर्ता भेटघाटमा ब्यस्त, चुनावी मनस्थिति बुझ्दै

काँग्रेस काभ्रेका सभापति तीर्थ लामा कार्यकर्ता भेटघाटमा ब्यस्त, चुनावी मनस्थिति बुझ्दै

5350
Shares
काँग्रेस काभ्रेका सभापति तीर्थ लामा कार्यकर्ता भेटघाटमा ब्यस्त, चुनावी मनस्थिति बुझ्दै

 

नेपाली काँग्रेस काभ्रेका नवनिर्वाचित तीर्थ लामाले कार्यकर्ता भेटघाटलाई तीब्रता दिनुभएको छ ।

जिल्ला सभापतिमा निर्वाचित भएपछि खानीखोला गाँउपालिकामा औपचारिक कार्यक्रम गरेर लामाले कार्यकर्ता भेटघाटलाई तीब्रता दिनुभएको हो ।

निजी निवासदेखि पार्टी कार्यालयसम्ममा सभापति लामाले अहिले कार्यकर्ता भेटघाटलाई पहिलो प्राथमिकता दिनुभएको छ । सभापति लामाले खानीखोलामा पुगेर दिएको निर्देशन अनुसार अहिले धमाधम टोल समिति गठन धमाधम भइरहेको छ ।

सभापति लामा अहिले अधिवेशनका प्रतिनिधिलाई धन्यवाद दिन र निर्वाचनलाई लक्षित गरेर पार्टीको स्थानीय तहको नेतृत्वसँग छलफलमा केन्द्रित देखिनुभएको हो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तय गर्ने तयारी गर्दै गर्दा नवनिर्वाचित सभापति लामाले आफ्नो राजनीतिक गतिविधिलाई थप बढाउनुभएको उहाँ निकटहरु बताउँछन् ।

सभापति लामाको पहिलो अग्नी परीक्षा नै स्थानीय तहको निर्वाचन हुने देखिन्छ ।यो पटक कम्युनिष्ट पार्टीको फुटले केहि फाइदा पुगेपनि रणनीतिक ढंगबाट अघि नबढ्ने हो भने काँग्रेसलाई समस्या पर्न सक्छ ।

२०७४ सालमा भएको निर्वाचनमा अधिवंश वडा र पालिकामा नेकपा एमाले र नेपाली काँग्रेस नै मुख्य प्रतिस्पर्धी थिए । तर यो पटक एमाले फुटको असर काभ्रेमा निकै राम्रो परेको छ ।

एमालेका पुराना र संठनमा काबिल मानिएका पुराना नेताहरु सबै नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् । प्रदेश र संघ सरकार पनि काँग्रेस सहितको गठबन्धनमै चलेको छ ।

केन्द्रमा नेताहरुले गठबन्धन आगामी निर्वाचनसम्मै रहने भएपनि जिल्ला तहमा नेताहरु भने एकलौटी रुपमा निर्वाचनमा जाने सोच देखिन्छ । खास गरी नेपाली काँग्रेस आफु एकल निर्वाचनमा जाने र अधिकांश ठाउँमा जीत सुनिश्चित भैसकेको दाबी गर्छ ।

सभापति लामाले स्थानीय तहका नेताहरुसँग गठबन्धनका सम्बन्धमा समेत धाराण बुझ्न थालेको बताइएको छ ।

 

5350
Shares

ट्रेन्डिङ