सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • श्रीमानको निधन नहुँदै  एकल महिलाको भत्ता लिने  २ जना विरुद्ध मुद्दा दायर

श्रीमानको निधन नहुँदै  एकल महिलाको भत्ता लिने  २ जना विरुद्ध मुद्दा दायर

560
Shares
श्रीमानको निधन नहुँदै  एकल महिलाको भत्ता लिने  २ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा   २ जना विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो र सोही वडाकी निर्मला  खत्री विरुद्ध मुद्दा दायर गरेको हो ।

छानबिनको क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएको छ ।

खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

560
Shares

ट्रेन्डिङ