सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा चाडपर्व लक्षित बजार अनुगमन शुरु

काभ्रेमा चाडपर्व लक्षित बजार अनुगमन शुरु

1345
Shares
काभ्रेमा चाडपर्व लक्षित बजार अनुगमन शुरु

काभ्रे : राजधानी पूर्वको प्रमूख बजार बनेपामा बजार अनुगमन शुरु गरिएको छ ।

चाडपर्वका बेला बजारमा विक्री हुन सक्ने म्याद नाघेका सामग्री, अखाद्य वस्तु, सरसफाई लगायत अनुगमन गरिएको हो । बनेपा नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७६ अनुसार अनुगमन गरिएको जनाएको छ ।

उपप्रमुख विमला दाहाल नेतृत्व टोलीले मिठाई पसल, किसाना पसल, आद्यान्न पसल, होटल, मसला विक्री पसल, तरकारी, मासु पसल, हार्डवेयर पसलको स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय काभ्रे, घरेलु तथा साना उद्योगय कार्यालय, उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय बनेपा, उपभोक्ता हकहित मञ्चको टोली सहभागि थियो ।

आज पहिलो २८ देखि ३० वटा पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योगय कार्यालय काभ्रेका प्रमुख यादव आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार म्याद गुज्रिएका केही सामग्री बरादम गरिएको छ ।

फिल्डमा कुनै पनि ब्यवसायीलाई जरिवना गरिएको छैन् । पहिलोदिनको अनुगमनमा बजार अघिल्लो वर्षको तुलनामा निकै सुधारउन्मुख पाइएको आचार्यको भनाई छ । ‘सुधार न त धेरै बाँकी छ ।

तर तुलानात्मक रुपमा अघिल्लो वर्ष भन्दा यो वर्ष धेरै सुधार भएको पाएका छौँ । फिल्डमा कुनै पनि ब्यवसायीलाई जरिवना तोकेका छैनौँ । थप सुधारका लागि निर्देशन दिएका छाैँ ।’ आचार्यले भन्नुभयो ।

1345
Shares

ट्रेन्डिङ