सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राप्रपा काभ्रेका तत्कालिन अध्यक्ष टुल्कु लामा एमालेमा प्रवेश

राप्रपा काभ्रेका तत्कालिन अध्यक्ष टुल्कु लामा एमालेमा प्रवेश

8485
Shares
राप्रपा काभ्रेका तत्कालिन अध्यक्ष टुल्कु लामा एमालेमा प्रवेश

 

काभ्रे : राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेका तत्कालिन जिल्ला कार्य समितिका अध्यक्ष टुल्कु लामा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष टुल्कु लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्य समितिका अध्यक्ष सहित ४ जना पदाधिकारीलाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माला लगाएर एमालेमा स्वागत गरेका छन् ।

एमालेमा प्रवेश गर्दै टुल्कु लामाले राजनेता केपी शर्मा ओलीको पार्टीमा प्रवेश गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । एमालेका जिल्ला ईन्चार्ज एवं पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको बयान समेत गर्न भ्याएका उनले अब एमाले पार्टीमा आफू निस्वार्थ भावले अगाडि बढ्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काभ्रे जिल्ला कार्य समितिका अध्यक्ष सहित ४ जना पदाधिकारीलाई यहि पुस १६ गते साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको थियो ।

 

8485
Shares

ट्रेन्डिङ