• होमपेज
  • सञ्जिवकी अामा भन्छिन्, ‘छोराले जे गर्यो राम्रो गर्यो’

सञ्जिवकी अामा भन्छिन्, ‘छोराले जे गर्यो राम्रो गर्यो’

सञ्जिवकी अामा भन्छिन्, ‘छोराले जे गर्यो राम्रो गर्यो’

umaनयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईमाथि पोखरामा  मङि्सर २३ गते बिहिबार जुत्ता प्रहारको कोशिष भएको थियो । पोखराको पृथ्वीनारायण क्याम्पसमा एक विद्यार्थीले यस्तो कोशिष गरेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर लिएको थियो ।
सञ्जिवको यो घटनापछि नेपालआजले उनको घर कैलालीस्थित नारायणपुर उनीका बुवा हरिकृष्ण भट्टाई र आमा उमा भट्टराईलाई सम्पर्क गरेर सञ्जिवका बारेमा बुझ्ने प्रयास गरेको छ ।
हुन त हाम्रो गोत्र एउटै हो । उनी पनि भट्टराई हामी पनि भट्टराई । हामी पोखराका हौँ उनी गोर्खाका यति मात्रै फरक हो ।
तर, राजनीतिले जात, धर्म, गोत्र भन्दैन । र मेरो छोराले पनि त्यस्तै सोच्दैन । हाम्रा तीन छोरा मध्येको माइलो छोरा हो । मेरो जेठा छोरा संतोष चितवनमा अधिकृत छ भने कान्छो छोरा सागर काठमाडौँमा बसेर पढ्दै छ । माइलो सञ्जिव धेरै दुःख, हण्डर खाइसकेको आम युवा हो । ऊ पोखरा बसेर पृथ्वी नारायण क्याम्पसमा अध्ययनर थियो । उसको व्यवहार एकदमै हसिलो परासिलो छ । धेरै कुरा मनमा खेलाएर बस्न सक्दैन ।

सञ्जिवका बुबा स्थानिय विद्यालयमा अध्यापन गराउँछन् भने आमा नारायणपुर गाविसकी उपाध्यक्ष तथा एमाले नेत्री हुन् ।

हामी विवाह कार्यक्रममा थियो । गाउलेबाट नै छोरा सञ्जिवले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई जुत्ता प्रहार गरेको खबर पायौँ । पहिला केही नराम्रो लागे पनि हामी छोरासँग सहमत छौँ । उसले जे गर्यो राम्रो गर्यो । विकास गर्छु भन्दै हिँड्नेले विकासका काम नगरेको देख्दा जसको पनि चित्त दुख्छ हैन र ?
अहिलेको अवस्थालाई हेर्दा पार्टीमा पुगको मान्छेले आफ्नै भुडी भरेको देखिन्छ । देश भनेको त सामान्य मान्छेलाई मात्र चाहिने । उनीहरुलाई मात्र देशको चिन्ता हुने । त्यसैले कारणले पनि होला छोराले जुत्ता प्रहार गरेको । तर, हामी उसको ब्यवहार प्रति पूर्णरुपमा सहमत छौँ ।
१० वर्ष जनयुद्धका बेला धेरै जनताले दुःख पाए । अव विकास गर्नु पर्ने हो । तर, अहिले भट्टराईले पार्टीभित्र चित्त नबुझेर पार्टी टुक्राउँदै हिँडेका छन् । त्यसरी नै देशलाई निकास चाहिएको बेला नेताहरुले देश टुक्राउने सहमती गर्न लागेका छन् । त्यहि भएर उसले यस्तो गरेको हुनु पर्छ ।
उसले पहिला कैलालीस्थित रमेश चौधरीले संचालन गरेको फूलबारी एफएममा समाचार वाचकको रुपमा करिब ५ वर्ष जति काम पनि गरेको थियो । फूलबारी एफएममा काम गर्दा उसले पाउनु पर्ने उचित पारिश्रमिक प्राप्त गर्न नसेपछि ऊ पोखरा पढ्ने गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका