सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले काभ्रे अधिवेशन: कार्यकर्ताको आरोप-प्रत्यारोप सुरु, दिए ग्राइन्ड डिजाइनको भब्य शुभकामना

एमाले काभ्रे अधिवेशन: कार्यकर्ताको आरोप-प्रत्यारोप सुरु, दिए ग्राइन्ड डिजाइनको भब्य शुभकामना

3105
Shares
एमाले काभ्रे अधिवेशन: कार्यकर्ताको आरोप-प्रत्यारोप सुरु, दिए ग्राइन्ड डिजाइनको भब्य शुभकामना

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको ‘साईड इफेक्ट’ देखिन सुरु गरेको छ ।

 

निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै अधिवेशनको साईड इफेक्ट देखिन थालेको हो । १० औँ जिल्ला अधिवेशनमा निकै अस्वस्थ प्रतिस्पर्धा भयो ।

धुलिखेल नगरपालिकाको सभाहलमा सम्पन्न १० औँ जिल्ला अधिवेशनसम्म आइपुग्दा एमाले काभ्रेले प्रायः जसो सबै चिज ब्रेक गरेको छ ।

प्रविधि मैत्री बन्ने कोशिस गर्दा गर्दै पार्टीलाई भने थप साँघुरो घेरामा पारिएको हाम्रो सम्पर्कमा आएका जिल्ला अधिवेशन प्रतिनिधिहरुले बताएका छन् । निश्चित ब्यक्तिको मात्रै हालिमुहाली हुने कुरालाई १० औँ जिल्ला अधिवेशनले पुर्नपुष्टि गरिदिएको छ ।

पार्टीमा लामो योगदान गर्ने र फरक विचार राख्ने लगभग निर्वाचन परिणामबाट आउट भएका छन् । एकले अर्काको सम्मान भन्दा पनि हिजोको गतिविधि हेरेर हराउने खेल भएको प्रष्टै देखिन्छ । निर्वाचनबाट जितेका कयौँ उम्मेदवारहरुले पनि हराउन गरिएका प्रपञ्चको सामाजिक सञ्जाल मार्फत खुलेर विरोध गरेका छन् ।

उनीहरुले पदाधिकारीमा अध्यक्ष र एक जना उपसचिब बाहेक अन्य पदमा निर्वाचन गराउनुको कारण खोजी गरिरहेका छन् । उपाध्यक्षमा तीन जना नेताहरु प्रतिस्पर्धामा थिए । जसमा चन्द्र लामा विजयी हुनुभयो ।

उपाध्यक्षमा पराजित पछि हरिशरण दाहालले सामाजिक सञ्जालमा लेख्नुभएको थियो । ‘निरन्तरतामा क्रम भङ्गता’ । दाहालकी धर्मपन्त बिमला सापकोटाले लेख्नुभएको छ ‘२०५१ साल देखि नेकपा एमाले रयाले गाउँ कमिटी सदस्य बाट सुरु गरेको राजनिती २७ बर्ष पुग्दा पनि मैले बुझ्न सकिन छु । यसपाली राम्रोसंग बुझ्ने मौका पाए । राजनितीमा त कसैलाई काखमा राखेर माया गरे जस्तो गरि घाँटि रेटिदो रहेछ ।’

उपाध्यक्षमा अर्को उम्मेदवार कञ्चन अधिकारी पनि पराजित भएपछि थुप्रै प्रक्रियाहरु सार्वजनिक भएको छ । सुभद्रा अधिकारीले आफ्नो फेसबुकवालमा खेल्नुभएको छ । ‘झेल र खेल सहँदै जाउ, एक पटक गन्तब्यमा अवश्य पुगिन्छ ।’

विद्यार्थी नेता विजय अधिकारीले लेख्नुभएको छ : ग्राइन्ड डिजाइनको भब्य सफलताको शुभकामना ।’ अधिकारीले फेसबुकमा थप लेख्नुभएको छ ।

‘अध्यक्ष सर्वसम्मत भएको, सचिबमा २ मात्रै उम्मेदवार भएको अधिवेशन उपाध्यक्षमा ३ जना उम्मेदवार ठड्याएको थियो । यो भित्रको केहि कारण थियो…. । त्यो कारण के थियो ?’

यसको असर निर्वाचनसम्म पर्ने देखिएको छ । खासगरी तत्कालिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि असन्तुष्ट ब्यक्त गर्दै एमालेमै बसेका कयाँै नेता कार्यकर्ता जिल्ला कमिटीमा समावेश भएका छैनन् ।

अधिवेशनको उदघाटनमा जुन उत्साह थियो । त्यत्तिकै निराशा निर्वाचनको परिणामले कार्यकर्तामा परेको देखिन्छ । उनीहरुले आफ्नो मनको कुण्ठ सामाजिक सञ्जाल र चिया पसलमा छरपस्ट पारिरहेका छन् ।

धेरै प्रतिनिधि बन्दसत्रमा गोकुल बाँस्कोटाले ब्यक्त गरेको धारणाबाट समेत झस्किएको पाइएको छ । एकता प्रक्रियामा आएकालाई औदि सम्मान र फरक विचार राख्ने प्रति बाँस्कोटाले बन्दसत्रमै सात्तो लिएको बताइएको छ । यसैको असर निर्वाचनमा पनि धेरै उम्मेदवारले ब्यवहारेको प्रतिनिधिहरुको बुझाइ छ ।

 

3105
Shares

ट्रेन्डिङ